सुजुकीको ‘ह्याप्पी न्यू कार’ योजना

Technology Khabar २६ चैत्र २०७२, शुक्रबार

सुजुकीको ‘ह्याप्पी न्यू कार’ योजना

काठमाडौं, २६ चैत । सुजुकी मोटरको नेपालकालागि आधिकारिक विक्रेता सिजि मोटोकर्पले नयाँ बर्ष २०७३ को अवसरमा ‘ह्याप्पी न्यू कार’ योजना ल्याएको छ । कम्पनीले यस योजना मार्फत ग्राहकलाई तीन लाख रुपैयाँसम्म नगद वचत गर्न सक्ने अवसर प्रदान गरेको छ ।

सिजि मोटोकर्पले सार्वजनिक गरेको ‘ह्याप्पी न्यू कार’ योजनामा ग्राहकले शुन्य दशमलव ५ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन् । यसैगरी यो कारको खरिदका लाग्ने सडक दस्तुर र नामसारी शुल्क कम्पनी आफैंले व्यहोर्ने बताईएको छ ।

यो योजना २०१६ मोडलका एसक्रश, सियाज, डिजायर, सेलेनो, वायाग्न आर, अल्टो के १०, अल्टो, स्वीफ्ट लगायतका गाडीहरुमा उपलब्ध गराएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सुजुकीको मुलुकभर विभिन्न २६ शहरका ३० वटा आधिकारिक विक्री कार्यालय र २० वटा सर्भिस सेन्टर रहेका छन् ।

TK Viber

प्रकाशित: २६ चैत्र २०७२, शुक्रबार

Loading...