हुवावे पी नाइन र पी नाइन प्लस सार्वजनिक, दुबै फोनमा ड्यूल रियर क्यामरा

Technology Khabar २५ चैत्र २०७२, बिहीबार

हुवावे पी नाइन र पी नाइन प्लस सार्वजनिक, दुबै फोनमा ड्यूल रियर क्यामरा

काठमाडौं ।

काठमाडौं, २५ चैत । हुवावेले आफ्नो फ्ल्यागशिप फोन पी ९ (P9) सार्वजनिक गरेको छ । हुवावेले लण्डनमा आयोजना गरेको विशेष कार्यक्रममा कम्पनीले पी नाइनको दुई सिरिजहरु सार्वजनिक गरेको हो ।

हुवावेले पी नाइन (Huawei P9) तथा पी नाइन प्लस (P9 Plus) एकै पटक सार्वजनिक गरेको हो । यसअघि पी ९ म्याक्स फोन आउने चर्चा चलेपनि कम्पनीले पी ९ प्लस सार्वजनिक गरेको हो ।

हुवावे पी नाइन

हुवावेले ल्याएको पी नाइन नियमित साइजको फ्ल्यागशिप फोन हो । यो स्मार्टफोन हेर्दा आईफोन सिक्स एसजस्तै किसिमको देखिन्छ । हुवावे पी नाइन स्मार्टफोनमा ५.२ इन्चको १०८० पीक्सेल रिजोल्यूशनसहितको डिस्प्ले राखिएको छ । यसमा आईपीएस एलसीडी प्यानेल रहेको छ ।

यो फोनमा कम्पनीले आफ्नै किसिन ९५५ चीपसेट प्रयोग गरेको छ भने २.५ गीगाहर्जको अक्टा कोर सीपीयूमा २.५ गीगाहर्जको क्वाड कोर्टेक्स ए७२ क्लस्टर तथा १.८ गीगाहर्जको क्वाड कोर्टेक्स ए ५३ राखिएको छ ।

हुवावे पी नाइनको दुईवटा संस्करण आएको छ, यसको लोअर स्पेशिफिकेशनमा ३ जीबीको र्याम तथा ३२ जीबीको स्टोरेज छ भने अर्को संस्करणमा ४ जीबीको र्याम तथा ६४ जीबीको आन्तरिक स्टोरेज रहेको छ । यसमा स्टोरेज बढाउन माइक्रो एसडी स्लट पनि राखिएको छ ।Androidpit-Huawei-P9

ड्यूल रियर क्यामरा

यो स्मार्टफोनको मूख्य विषय भनेको यसको ड्यूल क्यामरा सेटअप नै हो । यसमा जर्मनीको अप्टीकल कम्पनी लाईका (Leica) सँगको सहकार्यमा १२ मेगापिक्सेलको दुईवटा रियर क्यामरा राखिएको छ । यसमध्येको एउटा लेन्सबाट कलर खिच्दछ भने अर्को क्यामराले ब्ल्याक एण्ड ह्वाइट खिच्दछ । दुबै क्यामराले एकैपटक आकर्षक फोटोहरु खिच्न काम गर्दछन् ।

पी नाइनको क्यामरामा एफ २.२ अर्पाचर छ भने २७ मिलिमिटरको फिल्ड अफ भ्यू रहेको छ ।

रियर क्यामराका लागि पी नाइनमा ड्यूल एलईडी फ्ल्याश राखिएको छ ।

यो फोनको बडी एल्मुनियमबाट बनाईएको छ भने यो हेर्दा हुवावेले बनाएको नेक्सस ६ पी जस्तै रहेको छ । यो फोनमा फिंगरप्रिन्ट सेन्सर पनि राखिएको छ ।

फोनमा ३,००० एमएएचको ब्याट्री छ भने यूएसबी टाइप सी प्रयोग गरिएको छ ।

हुवावे पी ९ प्लस

हुवावेको पी नाइन म्याक्स आउने चर्चा रहेपनि कम्पनीले हुवावे पी नाइन प्लस नामबाट फोन सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा ५.५ इन्चको डिस्प्ले रहेको छ । यसको रिजोल्यूशन पी नाइनको बराबर भएपनि यसमा एमोलेड डिस्प्ले प्रयोग गरिएको छ । Huawei-P9-plus

यो स्मार्टफोनमा थ्रीडी टच स्टाईलको प्रेसर सेन्सेटिभिटी राखिएको छ । कम्पनीले यसमा राखिएको टचलाई प्रेस टच (Press Touch) नाम दिएको छ । यो प्रेस टच कम्पनीले यसअघि ल्याएको हुवावे मेट एसमा पनि राखिसकेको थियो ।

हुवावेको पी नाइन प्लस फोन ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेजसहितको मात्र उपलब्ध हुनेछ । यसमा पी नाइनको भन्दा बढि क्षमताको ब्याट्री राखिएको छ, जसमा ३,४०० एमएएचको ब्याट्री छ ।

यसमा भएको ड्यूल आईसी र्यापिड चार्जले १० मिनेट चार्ज गरेपछि ६ घण्टासम्म कुराकानी गर्नसकिने कम्पनीले बताएको छ ।

यसमा स्टेरियो स्पीकरहरु राखिएको छ, जसले फोन कुन स्थानमा छ भन्ने आधारमा त्यसको साउण्डलाई समायोजन गर्दछ ।

Huawei P9_01

हुवावेले सार्वजनिक गरेको पी नाइन स्मार्टफोनको मूल्य ३ जीबी र्याम, ३२ जीबी स्टोरेज भर्सनलाई ५९९ यूरो तोकेको छ भने ४ जीबी र्याम, ६४ जीबी स्टोरेजलाई ६४९ यूरो तोकेको छ । त्यस्तै हुवावे पी नाइन प्लस स्मार्टफोनको मूल्य भने ७४९ यूरो तोकिएको छ ।

हुवावेको फ्ल्यागशिप पी नाइन यहि अप्रिल १६ तारिखदेखि यूरोप तथा मध्यपूर्वका देशहरुमा उपलब्ध हुनेछ भने पी नाइन प्लस स्मार्टफोन मे २० तारिखदेखि मात्र स्टोरमा उपलब्ध हुनेछ ।

easy care

प्रकाशित: २५ चैत्र २०७२, बिहीबार