लक्ष्मी हुण्डाईलाई सन् २०१५ को ‘एक्सिलेन्स सेल्स’ अवार्ड

Technology Khabar २५ चैत्र २०७२, बिहीबार

लक्ष्मी हुण्डाईलाई सन् २०१५ को ‘एक्सिलेन्स सेल्स’ अवार्ड
Classic Tech
Nepal Telecom

काठमाडौं, २५ चैत । नेपालको र्लााग हुण्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.ली. ले ‘एक्सिलेन्स सेल्स’ अवार्ड २०१५ प्राप्त गरेको छ । उक्त अवार्ड अघिल्लो साता न्यूजील्यान्डको अकल्याण्डमा आयोजित एसिया प्यासिफिक हुण्डाई डिलर कन्भेन्सन २०१५ मा प्रदान गरिएको हो ।

बिक्री परिमाण, वृद्धिदर र बजार हिस्साका आधारमा लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.ली.लाई उक्त ‘एक्सिलेन्स सेल्स’ अवार्ड प्रदान गरिएको हो ।

नेपालमा हुण्डाई, पेसेन्जर भेईकल बिक्रीमा अग्रपङ्तीमा रहेको छ । लक्ष्मी हुण्डाईले आफ्नो गा्रहकहरुको सुबिधाका लागि देशको प्राय मुख्य शहरहरुमा अत्याधुनिक सर्भिस सेन्टर स्थापना गरेको छ । यसका साथै दक्ष जनशक्ति उत्पादन गर्नको लागि एसिया मै पहिलो ‘हुण्डाई ट्रैनिङ सेन्टर’ पनि स्थापना गरेको छ ।

विश्वभर लोकप्रिय हुण्डाई गाडी विश्वका ५ ठुला गाडी निर्माता मध्येमा पर्दछ । हुण्डाईका गाडीहरु उत्कृष्ट क्वालिटी, न्युनतम मेन्टेनेन्स खर्च तथा सुरक्षाका दृष्टिकोणको आधरमा विश्वप्रख्यात छ । सन् २०१५ मा हुण्डाईले विश्वभर ४९ लाख ६४ हजार ८ सय ३७ वटा गाडी बिक्री गर्न सफल भएको थियो ।

TK Viber

प्रकाशित: २५ चैत्र २०७२, बिहीबार

Loading...