१६ मेगापिक्सेल सेल्फी क्यामरा भएको ‘ओप्पो एफ वान प्लस’ सार्वजनिक

Technology Khabar २४ चैत्र २०७२, बुधबार

१६ मेगापिक्सेल सेल्फी क्यामरा भएको ‘ओप्पो एफ वान प्लस’ सार्वजनिक

काठमाडौं, २४ चैत । चीनियाँ मोबाइल ब्राण्ड ओप्पोले नयाँ स्मार्टफोन ओप्पो एफ वान प्लस (Oppo F1 Plus) सार्वजनिक गरेको छ । कम्पनीले १६ मेगापिक्सेल सेल्फी क्यामरा भएको यो स्मार्टफोन सिमित देशहरुमा मात्र सार्वजनिक गरेको हो ।

ओप्पो एफ वान प्लस स्मार्टफोन ओप्पो आर नाइनको (Oppo R9) अन्तराष्ट्रिय संस्करण मात्र भएको कम्पनीले गत साता उल्लेख गरेको थियो ।

यो स्मार्टफोनमा ५.५ इन्चको १०८० पिक्सेलको एमोलेड डिस्प्ले राखिएको छ भने मिडिया टेकको २ गीगाहर्जको अक्टा-कोर हेलियो पी १० एमटि ६७५५ प्रोसेसर रहेको छ । ओप्पो एफ वान प्लस फोनमा ४ जीबीको र्याम छ भने ३२ जीबी र ६४ जीबी स्टोरेज भर्सन रहेको छ । यसको स्टोरेजलाई बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।

यसमा फिंगरप्रिन्ट स्क्यानर छ भने एन्ड्रोयडको ललीपप ५.१ भर्सनको कलर ओएसमा संचालन हुन्छ । यो फोन हेर्दा एप्पलको आईफोन सिक्स जस्तै देखिन्छ ।Oppo-F1-Plus

बजारमा सेल्फी एक्सपर्टको नामबाट सार्वजनिक भएको यो स्मार्टफोनमा रियर क्यामराभन्दा बढि मेगापिक्सेल भएको फ्रन्ट क्यामरा सेल्फीका लागि राखेको छ । यो सेल्फी क्यामरामा ७८.१ डिग्री वाइड एंगल लेन्स छ भने एफ/२.० अर्पाचर दिईएको छ । यो क्यामराबाट सेल्फीका साथै ग्रुपफी पनि खिच्न सकिन्छ ।

त्यस्तै क्यामराको लागि चर्चामा आएको यो स्मार्टफोनमा रियर क्यामरा भने १२ मेगापिक्सेलको मात्र रहेको छ । रियर क्यामरामा एलईडी फ्ल्याश राखिएको छ भने फेस डिटेक्सन, अटोफोकस तथा फोर के भिडियो रेकर्डिंगको सुविधा रहेको छ ।

ओप्पोको यो स्मार्टफोनमा २,८५० एमएएचको ब्याट्री राखिएको छ भने यसमा भएको भिओओसी फ्ल्याश चार्ज (VOOC Flash charge) प्रविधिका कारण फास्ट चार्ज गर्न सकिन्छ । भिओओसी प्रविधि कम्पनीले केहि अघि सार्वजनिक गरेको विशेष प्रविधि हो, यसको माध्यमबाट स्मार्टफोनलाई ५ मिनेट मात्र चार्ज गरेर पनि २ घण्टासम्म फोनमा कुराकानी गर्न सकिन्छ ।

यो स्मार्टफोनमा दुई वटा हाइब्रिड सिम सपोर्ट गर्दछ भने कनेक्टिभिटीका लागि वाईफाई, थ्रीजी, फोरजी, भिओएलटिई, माइक्रो यूएसबी, ब्लूटूथ तथा जीपीएस फीचर राखिएको छ ।Oppo F1 Plus

ओप्पो एफ वान प्लस स्मार्टफोन निकै पातलो तथा हलुका फोनको रुपमा आएको छ । यो फोन ६.६ मिलिमिटर मोटाईको छ भने यसको तौल १४५ ग्राम मात्र रहेको छ ।

कम्पनीले यूरोपेली मुलुकहरु, भारत, मध्यपूर्वका देशहरु, दक्षिणपूर्वी एशियाका मुलुकहरुमा मात्र ओप्पोले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । यो स्मार्टफोनको मूल्य कम्पनीले भारतीय बजारमा भारु २६,९९० बेलायतमा २९९ पाउण्ड तथा यूरोपमा ३८९ यूरोमा बिक्री गर्नेछ ।

यो फोन भारतमा अप्रिलको मध्यदेखि मात्र बजारमा खरिद गर्न सकिनेछ भने अन्य मुलुकहरुमा पनि छिटै अाउने बताईएको छ । गाेल्ड र रोज गोल्ड कलरमा मात्र उपलब्ध यो फोन चीन ताइवान सिंगापुर र अष्ट्रेलियामा भने अार ९ नामबाट बिक्री गरिनेछ ।

प्रकाशित: २४ चैत्र २०७२, बुधबार

Comments are closed.

Loading...