गूगल प्ले स्टोरका आईकनहरु अब नयाँ डिजाइनमा

Technology Khabar २४ चैत्र २०७२, बुधबार

गूगल प्ले स्टोरका आईकनहरु अब नयाँ डिजाइनमा
Global IME Bank

काठमाडौं ।

काठमाडौं, २४ चैत । गूगलले गूगल प्लेमा भएका विभिन्न एप्सको डिजाइन लूक्स परिवर्तन गरेको छ । गूगलले प्ले स्टोरमा भएका सबै एप्सलाई नयाँ र आकर्षक तरिकाको बनाएको छ ।

गूगलले परिवर्तन गरेका नयाँ डिजाइनका एप्स मंगलवारदेखि नै प्ले स्टोरमा अपडेट भइसकेका छन् । यदि तपाईँले गूगल प्ले एपलाई अपडेट गर्नुभयो भने नयाँ एप्स डिजाइन देखिनेछन् ।

गूगलले परिवर्तन गरेको नयाँ डिजाइनअन्तरगत प्ले स्टोर, प्ले मूभिज एण्ड टिभी, प्ले म्यूजिक, प्ले गेम्स, प्ले बुक्स तथा प्ले न्यूजस्ट्याण्ड आईकन रहेका छन् ।

नयाँ आईकनहरु यसअघिका पुराना आईकनलाई नै नयाँ प्ले संकेतमाथि उनिहरुको प्रकृतीको आधारमा डिजाइन गरिएको छ । अर्थात यसअघिको गेमको आईकनलाई प्ले सिम्बलमाथि गेमकन्सोलको चित्र राखिएको छ ।

प्ले स्टोर तथा गूगल प्ले आईकनहरु करिब करिब उस्तै रहेपनि नयाँ आईकनहरु अधिक चहकिला रहेका छन् । यी नयाँ आईकनहरु अहिले अनलाइनमा लाईभ नभएपनि आगामी साताभित्रै आउनेछन् ।
स्रोत  माध्यम

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २४ चैत्र २०७२, बुधबार