शिओमीले भारतीय कम्पनी हंगामामा लगानी गर्यो, मोबाइल कन्टेन्टमा सहकार्य हुने

Technology Khabar २२ चैत्र २०७२, सोमबार

शिओमीले भारतीय कम्पनी हंगामामा लगानी गर्यो, मोबाइल कन्टेन्टमा सहकार्य हुने

काठमाडौं, २२ चैत । चीनियाँ कम्पनी शिओमीले भारतीय कम्पनी हंगामा लगानी गरेर आफ्नो व्यवसाय विस्तार गरेको छ । शिओमीले भारतीय एप कम्पनी हंगामामा २५ मिलियन अमेरिकी डलर बराबरको लगानी गरेको घोषणा गरेको छ ।

शिओमीले भिडियो तथा म्यूजिक स्ट्रीमिंग सेवा हंगामा र शिओमीबिच सहकार्य गर्ने उदेश्यअनुरुप लगानी गरेको बताईएको छ ।

हंगामा भारतमा रहेको भिडियो तथा म्यूजिक स्ट्रीमिंग सेवा प्रदायक कम्पनी हो जसले विशेषरुपमा मोबाइल एपमा आधारित सेवा प्रदान गर्दछ । यो कम्पनीले ६५ मिलियन प्रयोगकर्ता रहेको दाबी गरेको छ ।

भारतमा बढिरहेको स्मार्टफोनको बजारलाई ठोसरुपमा बजार हिस्सा बढाउन शिओमीले यो कदम चालेको बताएको छ । शिओमीले यसअघि भारतमा मेक इन इण्डिया कार्यक्रमअन्तरगत भारतमा नै केहि स्मार्टफोनहरु बनाउँदै आएको छ । hungama-logo

‘शिओमी शुरुवाती चरणमा इन्टरनेट कम्पनी थियो । हामीले स्मार्टफोनलाई एउटा प्लेटफर्मको रुपमा इन्टरनेट सेवाहरु बिस्तार गर्न सोचिरहेका छौं, जसमा कन्टेन्ट पनि समावेश भएको हुन्छ ।’ शिओमीका भीपी ह्यूगो बर्राले जारी गरेको स्टेटमेन्टमा उल्लेख छ, ‘हामीले हंगामामा लगानी गरेको केबल हाम्रा स्मार्टफोनहरुमा कन्टेन्ट एकिकृत गर्न मात्र नभई आगामी दिनमा भारतमा कन्टेन्टको सेक्टरमा सँगै अगाडी बढनका लागि पनि हो ।’

पछिल्ला दिनहरुमा शिओमीलाई भारतीय बजारमा निकै चुनौती थपिएको छ । विशेषगरी ५००, ३०० र १५० अमेरिकी डलरको हाराहारीमा मूल्य भएको स्मार्टफोन बजारमा निकै प्रतिस्पर्धा रहेको छ ।

हंगामाका लगानीकर्तामा शिओमीका साथै इन्टेल क्यापिटल, वेसेमेर भेन्चर पार्टनर्स र बिलेनियर लगानीकर्ता तथा व्यापारी राकेश झुनझुनवाला पनि रहेका छन् ।

भारतीय कम्पनी हंगामाले आफ्नो सेवा मार्केटिंग एण्ड कम्यूनिकेसन्स एजेन्सीको रुपमा शुरु गरेको थियो ।

हंगामाका सिईओ निरज रोयले हंगामामा ८,००० भन्दा बढि मूभी रहेको दाबी गरेका छन् ।

सिईओ रोयले शिओमीसँगको सहकार्य तथा र डिजिटल मिडिया मोबाइल डिभाइसमा मूख्य विषय भएकोमा निकै उत्साहित भएको उल्लेख गरेका छन् ।

माध्यम

TK Viber

प्रकाशित: २२ चैत्र २०७२, सोमबार

Loading...