एलजी स्मार्ट सेलेब्रेसन्स् नामक योजना शुरु, एलजीका सामान खरिदमा विभिन्न उपहारहरु

Technology Khabar २१ चैत्र २०७२, आईतवार

एलजी स्मार्ट सेलेब्रेसन्स् नामक योजना शुरु, एलजीका सामान खरिदमा विभिन्न उपहारहरु

काठमाडौं, २१ चैत । एलजी ब्राण्डले एलजी स्मार्ट सेलेब्रेसन (LG Smart Celebrations) नामक नयाँ योजना बजारमा ल्याएको छ । एलजीका हरेक सामग्रीको खरिदमा निःशुल्क उपहारहरु प्रदान गरी ग्राहकको जीवनमा भिन्नता ल्याउने यस योजनाको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

यो योजनाअन्तरगत ४३ इन्च र त्यसभन्दा माथिको यूएचडी टिभीको खरिदमा रु१७,७९० मूल्य पर्ने एलजी साउण्ड बार, ४२ इन्चको थ्रीडी स्मार्ट टिभीको खरिदमा रु१५,७९० मूल्यपर्ने एलजी होम थिएटर, ४३ इन्च वा सो भन्दा माथिको एलईडी टिभीको खरिदमा रु५,१९० मूल्यपर्ने एलजी डिभीडी प्लेयर, ३२ इन्च वा सो भन्दा माथिको स्मार्ट टिभीको खरिदमा रु५,०९० मूल्यपर्ने एलजी म्याजिक मोसन रिमोट, ३२ इन्च एलईडि टिभीको खरिदमा रु३,०३९ मूल्यपर्ने सिजी मोबाइल र एलजी गेम रिमोट, ३२ इन्चको एलईडी टिभीको खरिदमा रु१,४९० मूल्यपर्ने एलजी गेम रिमोट, २२ इन्च र २४ इन्चको एलईडी टिभीको खरिदमा रु१,४९० मूल्यपर्ने एलजी गेम रिमोट उपहार प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

त्यसैगरी साईड बाई साईड रेफ्रिजेरेटरको खरिदमा रु२१,०९० मूल्य पर्ने एलजी ड्रम भ्याकूम क्लिनर, डबल डोर रेफ्रिजेरेटरको खरिदमा रु३,८३० मूल्य पर्ने सिजी मिक्सर ग्राइण्डर, डिसवासरको खरिदमा रु४,२९० मूल्यपर्ने सिजी इलेक्ट्रिक फ्यान हिटर, फ्रन्ट लोड वासिंग मेसिनको खरिदमा रु४,२९० मूल्यपर्ने सिजी इलेक्ट्रिक फ्यान हिटर, टप लोड वासिंग मेसिनको खरिदमा रु१,०२० मूल्यपर्ने सिजी आईरन, माइक्रोवेभ ओभनको खरिदमा रु२,००० मूल्यपर्ने एलजी कुकिंग किट र एयर कण्डिसनरको खरिदमा रु२,५०० लागतपर्ने निशुल्क इन्टलेशन जस्ता उपहारहरु राखिएको कम्पनीले उल्लेख गरेको छ ।

एलजीले ल्याएको यो योजना यहि चैत १९ गतेदेखि सीमित अवधिको लागी लागू हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २१ चैत्र २०७२, आईतवार

Comments are closed.

Loading...