सामसुंगले वालेट जस्तै स्मार्टफोन ल्याउँदै, ७ इन्चको फोल्डेबल फोन

Technology Khabar २१ चैत्र २०७२, आईतवार

सामसुंगले वालेट जस्तै स्मार्टफोन ल्याउँदै, ७ इन्चको फोल्डेबल फोन

काठमाडौं, १९ चैत । सामसुंगले फोल्ड गर्न मिल्ने किसिमको स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ । यसअघि पनि चर्चामा रहेको फोल्डेबल फोन (foldable phone) कम्पनीले प्रोजेक्ट भ्यालीको नाममा तयार पारिरहेको छ ।

यो फोन यसअघि यहि वर्षमा आउने चर्चा रहेपनि अन्ततः यो फोन आगामी वर्ष मात्र आउने तयारीमा रहेको छ ।

सामसुंगको गृह मुलुक कोरियाबाट आएका विभिन्न रिपोर्टअनुसार यो फोनको डिस्प्ले यहि वर्षको अन्त्यमा मास प्रोडक्सनमा जानेछ । यो फोनको डिस्प्ले फोल्ड गर्न सकिने किसिमको हुनेछ । त्यस्तै फोल्डेबल स्मार्टफोन आगामी वर्ष सार्वजनिक हुने संभावना रहेको छ ।

रिपोर्टकाअनुसार यो फोल्डेबल डिभाइसमा ५ इन्चको डिस्प्ले हुनेछ जुन डिस्प्लेलाई फोल्ड गरेर प्रयोग गर्न सकिनेछ । यो डिस्प्ले खोल्दा वा अनफोल्ड गर्दा भने ७ इन्चको ट्याबलेट बराबर हुनेछ ।

यसअघि आएका हल्लाहरु अनुसार कम्पनीले स्न्यापड्रयागन ६२० तथा ८२० चीपसेटसहित फोल्ड गर्न सकिने फोन परिक्षण गरिरहेको छ । यो स्मार्टफोनमा ३ जीबीको र्याम हुनेछ ।

सामसुंग इलेक्ट्रोनिक्सले फोल्डेबल फोनलाई ल्याउन विभिन्न प्रविधिहरु किनिरहेको छ । सामसुंग इलेक्ट्रोनिक्स र सामसुंग डिस्प्लेले डोमेस्टिक तथा विदेशी व्यवसायमा फोल्डेबल फोनको विकास गर्न सहकार्य गरिरहेका छन् ।samsung foldable phone

यो स्मार्टफोनमा आधा भाग ओएलईडी (OLED) डिस्प्ले हुनेछ । यो स्मार्टफोनलाई वालेटको रुपमा प्रयोग गर्न सकिनेछ भने यसलाई वालेटको रुपमा खोल्न सकिनेछ ।

यो स्मार्टफोनको डिजाइन सहजरुपमा बोक्न सकिने वालेट जस्तै गरि गरिएको छ । यो फोनको ७ इन्चको डिस्प्लेलाई फोल्ड गर्दा ५ इन्चको स्मार्टफोन जस्तै हुन्छ । कम्पनीले यो फोल्डेबल डिस्प्ले उत्पादन यहि वर्षको दोस्रो अर्ध वार्षिकदेखि गर्ने बताईएको छ  ।

यो स्मार्टफोन नयाँ पुस्ताको स्मार्टफोनको रुपमा विश्व बजारमा आउनेछ । यो फोनले स्मार्टफोन बजारमा नयाँ हलचल ल्याउने अनुमान गरिएको छ ।

कम्पनीले यो फोल्डेबल स्मार्टफोनको विकास बिगत ३ वर्षदेखि गरिरहेको थियो ।

माध्यम

प्रकाशित: २१ चैत्र २०७२, आईतवार

Comments are closed.

Loading...