माइक्रोम्याक्सको क्यानभास स्पार्क ३ स्मार्टफोन, ८ मेगापिक्सेल क्यामरा भएको बजेट फोन

Technology Khabar १८ चैत्र २०७२, बिहीबार

माइक्रोम्याक्सको क्यानभास स्पार्क ३ स्मार्टफोन, ८ मेगापिक्सेल क्यामरा भएको बजेट फोन
NTC_Advt

काठमाडौं, १८ चैत । हालै माइक्रोम्याक्सको वेबसाइटमा लिस्टेड नयाँ फोन क्यानभास स्पार्क ३ (Canvas Spark 3/Q385) वुधवार कम्पनीले आधिकारिकरुपमा घोषणा गरेको छ ।

माइक्रोम्याक्सको यो स्मार्टफोन ७ अप्रिलदेखि ई कमर्श साइट स्न्यापडिलमा बिक्रीका लागि उपलब्ध हुनेछ ।

माइक्रोम्याक्स क्यानभास स्पार्क ३ स्मार्टफोनमा ५.५ इन्चको डिस्प्ले रहेको छ, जसको पिक्चर रिजोल्यूशन ७२०x१२८० पिक्सेल रहेको छ ।

यसमा १.३ गीगाहर्जको क्वाड-कोर प्रोसेसर राखिएको छ भने १ जीबीको र्याम रहेको छ । क्यानभास स्पार्क ३ मा ८ मेगापिक्सेलको अटोफोकस रियर क्यामरा रहेको छ भने ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यो स्मार्टफोनमा ८ जीबीको स्टोरेज रहेको छ, जसलाई ३२ जीबीसम्म पुर्याउन सकिन्छ । यो फोनमा २,९०० एमएएचको ब्याट्री राखिएको छ ।

माइक्रोम्याक्सको क्यानभास स्पार्क ३ स्मार्टफोनमा ३ जीबी, वाईफाई, ब्लूटूथ, जीपीएस तथा माइक्रो यूएसबीलगायतका फीचर रहेका छन् ।

कम्पनीले यो स्मार्टफोनको मूल्य ४,९९९ भारु तोकिएको छ ।

प्रकाशित: १८ चैत्र २०७२, बिहीबार