ट्विटरमा अब फोटोसहित त्यसको बिवरण पनि शेयर गर्न सकिने

Technology Khabar १८ चैत्र २०७२, बिहीबार

ट्विटरमा अब फोटोसहित त्यसको बिवरण पनि शेयर गर्न सकिने

काठमाडौं, १८ चैत । ट्विटरले फोटो पोस्टलाई महत्वपूर्ण मान्दै नयाँ अपडेट जारी गरेको छ । सोशल नेटवर्किंग साइट ट्विटरले पोस्ट गरिएका फोटो अन्यलाई पनि शेयर गर्नु सबैको लागि महत्वपूर्ण भएको भन्दै त्यसमा शब्दहरुसहित शेयर गर्न सकिने सुविधा ल्याएको छ ।

ट्विटरले अब कुनैपनि फोटोको बारेमा बर्णन गर्न (description) तथा वैकल्पिक टेक्स्ट (alternative text) सहितको फोटो पोस्ट गर्ने सुविधा ल्याएको हो । यो सुविधा आईओएस तथा एन्ड्रोयड एप दुबैमा उपलब्ध हुने ट्विटरले उल्लेख गरेको छ ।

ट्विटरले यो सुविधा यहि मंगलवारदेखि शुरु गरेको हो । यो सुविधाअन्तरगत प्रयोगकर्ताले कुनैपनि पोस्ट गरिने फोटोको माथि तथा तल फोटोको बारेमा लेख्न सकिनेछ । यो सुविधा विशेषगरी दृश्य हेर्न नसक्ने (visually impaired) व्यक्तिको लागि ल्याएको बताएको छ ।

फोटोको माथि  तथा तल एड डिस्क्रिप्सन बटनमा ट्याप गरेर फोटोको बारेमा विस्तृतमा जानकारी दिन सकिन्छ । तर यो जानकारी ४२० शब्दसम्मको मात्र हुनुपर्नेछ ।

माध्यम  स्रोत

प्रकाशित: १८ चैत्र २०७२, बिहीबार

Comments are closed.

Loading...