सामसङ डिजिटल प्लाजा अब महेन्द्रपुल,पोखरामा

Technology Khabar १७ चैत्र २०७२, बुधबार

सामसङ डिजिटल प्लाजा अब महेन्द्रपुल,पोखरामा

काठमाडौं ।

काठमाडौँ, १५ चैत । सामसङ्गको नेपालको लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सामसङ्ग डिजिटल प्लाजालाई अझ स्तरिय तथा बढी सुविधा सम्पन्न बनाई महेन्द्रपुल पोखरामा सुरुवात गरेको छ ।

सामसङ्गका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसङ्गका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले सामसङ डिजिटल प्लाजा पोखरामा खोलिएको कम्पनीले जानकारी दिएको छ ।

नयाँ सामसङ्ग डिजिटल प्लाजाले सामसङ्गका उत्पादनहरु एलईडी टिभी, मनिटर, प्रिन्टर मोबाइल, रेफ्रिजेरेटर, भ्याकूम क्लिनर, वासिंग मेसिन र माइक्रो ओभन लगायतका सामसङ्गका सामानहरु विक्री गर्ने छ । काठमाण्डौं उपत्यका भित्र ८ वटा र बाहिर ४ वटा गरेर हालसम्म १२ वटा सामसङ्ग प्लाजा खुुलि सकेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: १७ चैत्र २०७२, बुधबार