बिक्यूको उबन्टूमा आधारित नयाँ ट्याबलेट, १०.१ ईन्च डिस्प्ले र ८ मेगापिक्सेल क्यामरा

Technology Khabar १७ चैत्र २०७२, बुधबार

बिक्यूको उबन्टूमा आधारित नयाँ ट्याबलेट, १०.१ ईन्च डिस्प्ले र ८ मेगापिक्सेल क्यामरा

काठमाडौं, १७ चैत । विश्वभर एन्ड्रोयडमा आधारित स्मार्टफोन तथा ट्यालबेटहरु अधिक प्रयोगमा रहेका छन भने त्यसपछि आईओएस र विण्डोजमा आधारित डिभाइसहरुको सूची आउँछ । तर बिक्यू (BQ) कम्पनीले उबन्टूमा आधारित रहेर पहिलो पटक ट्याबलेट बजारमा ल्याएको छ ।

उबन्टू अपरेटिंग सिस्टममा आधारित पहिलो ट्याबलेट अब प्रि-अर्डरका लागि उपलब्ध भएको छ, जुन यहि फ्रेब्रुअरीमा सार्वजनिक गरिएको थियो ।

उबन्टूमा आधारित यो ट्याबलेट स्पेनिस ब्राण्ड बिक्यूले सार्वजनिक गरेको हो । बिक्यू एक्वारिस एम १० (BQ Aquaris M10) उबन्टू एडिसनको यो ट्याब दुईवटा संस्करणमा उपलब्ध रहेको छ । पहिलो भर्सनमा १,२८०ह८०० स्क्रीन रिजोल्यूसनसहितको छ भने अर्को भर्सन १,९२० x १,२०० रिजोल्यूशन प्यानेल सहितको छ ।

बिक्यूले ल्याएको दुई संस्करणमध्ये पहिलो संस्करणको ट्याबमा १०.१ इन्चको टचस्क्रीन रहेको छ । यसमा मिडिया टेक एमटि८१६३ए (Mediatek MT8163A) चिपसेटका साथमा १.५ गीगाहर्जको क्वाड-कोर सीपीयू राखिएको छ । त्यस्तै यसमा माली टी७२०एमपी२ (Mali T720MP2) जीपीयू रहेको छ । यो ट्याबमा २ जीबीको र्याम तथा १६ जीबीको स्टोरेज रहेको छ, जसलाई बढाउन सकिन्छ । bq-m10

पहिलो संस्करणको ट्याबमा ८ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ भने वाईफाई, ब्लूटूथ, जीपीएस जस्ता फीचरहरु छन् । यो ट्याबमा ७,२८० एमएएचको ब्याट्री रहेको छ, जसको मूल्य २४९.९० यूरो तोकिएको छ ।

त्यस्तै बिक्यूले ल्याएको एक्वारिस एम१० ट्याबको फूल एचडी संस्करणमा पनि अघिल्लो संस्करण समान स्पेशिफिकेशन छ भने यसमा केबल डिस्प्ले फिचर मात्र फरक रहेको छ । यसको मूल्य कम्पनीले २८९.९० यूरो तोकेको छ ।

दुबै ट्याबको मोटाई ८.२ मिलिमिटर रहेको छ । बिक्यू एक्वारिस एम १० उबन्टू एडिसनको ट्याब यहि अप्रिलको दोस्रो सातादेखि बजारमा किन्न सकिनेछ ।

यी ट्याबहरुको लन्च विशेष अफरमा खरिद गर्दा ट्याबलेटको कभरका साथै स्क्रीन प्रोटेक्टर निशुल्क पाईने बताईएको छ । यो ट्याब हाल बिक्यूको आधिकारिक अनलाईन स्टोरबाट प्रि अर्डर गर्न सकिनेछ ।

माध्यम १

TK Viber

प्रकाशित: १७ चैत्र २०७२, बुधबार

Loading...