जियोनीको प्रिमियम फ्लीप फोन यस्तो छ, दुईवटा डिस्प्लेसहित ४ जीबी र्याम

Technology Khabar १७ चैत्र २०७२, बुधबार

जियोनीको प्रिमियम फ्लीप फोन यस्तो छ, दुईवटा डिस्प्लेसहित ४ जीबी र्याम

काठमाडौं ।

काठमाडौं, १७ चैत । जियोनीले आफ्नो नयाँ फ्लीप फोन डब्लू ९०९ (W909) सार्वजनिक गरेको छ । कम्पनीले प्रिमियम भर्सनमा ल्याएको यो पहिलो फ्लीप फोन (क्लामशेल स्मार्टफोन) हो ।

जियोनीको पहिलो फ्लीप स्मार्टफोनमा दुईवटा स्क्रीन रहेको छ । यो फोनमा ४.२ इन्चको आईपीएस एलसिडी स्क्रीन राखिएको छ, जसको पिक्चर रिजोल्यूशन १२८०x७२० पिक्सेल रहेको छ ।

जियोनी डब्लू ९०९ फोन मिडिया टेकको ६४ बिटको अक्टा-कोर हेलियो पी १० प्रोसेसरमा आधारित स्मार्ट फ्लीप फोन हो । यसमा ४ जीबी र्याम रहेको छ भने ६४ जीबीको आन्तरिक स्टोरेज रहेको छ जसलाई माइक्रो एसडी कार्डद्धारा बढाउन सकिन्छ ।

यो फोनमा १६ मेगापिक्सेलको रियर क्यामराका साथमा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।  कम्पनीको पहिलो फ्लीप फोनको रुपमा आएको यो फोन १६.५ मिलिमिटर मोटाईको छ भने २०७.७ ग्राम तौल रहेको छ ।

एन्ड्रोयडको ललीपप ५.१ मा आधारित अमिगो यूआई राखिएको यो स्मार्टफोनमा २,५३० एमएएचको ब्याट्री छ भने यूएसबी टाइप सी प्रयोग गरिएको छ । यो फोनमा फिंगरप्रिन्ट रिडर रियर क्यामराको तल भागमा राखिएको छ । फ्लीप फोनमा फिंगरप्रिन्ट रिडर राखिएको यो पहिलो पटक हो ।

यो फोनको पछाडिको भागमा फक्स लेदर डिजाईन प्रयोग गरिएको छ, जसले फोनलाई प्रिमियम लूक दिन सहयोग पुर्याएको छ ।

जियोनीको डब्लू ९०९ फ्लीप फोन चीनिया बजारमा ४,००० यूआन अर्थात ६१५ अमेरिकी डलरमा खरिद गर्न सकिनेछ ।

चीनियाँ कम्पनी जियोनीले यसअघि प्रिमियम स्मार्टफोन एस ८ घोषणा गरेपनि अहिलेसम्म बजारमा ल्याएको छैन् ।

माध्यम   स्रोत

Global Bank
easy care

प्रकाशित: १७ चैत्र २०७२, बुधबार