यू ब्राण्डको नयाँ स्मार्टफोनमा ५.२ इन्चको डिस्प्ले, ३ जीबी र्याम र फोरजीसहितको फोन आउँदै

Technology Khabar १५ चैत्र २०७२, सोमबार

यू ब्राण्डको नयाँ स्मार्टफोनमा ५.२ इन्चको डिस्प्ले, ३ जीबी र्याम र फोरजीसहितको फोन आउँदै
Classic Tech

काठमाडौं, १४ चैत । भारतीय कम्पनी यू (YU) को नयाँ डिभाइसको जानकारी सार्वजनिक भएकोछ । कम्पनीनले यूरेका प्लस (Yureka Plus) को सक्सेसरको रुपमा नयाँ स्मार्टफोन ल्याउने तयारी गरिरहेको अनुमान गरिएको छ ।
हालै भारतीय कम्पनी यूको नयाँ स्मार्टफोनको जानकारी आयातीत लिस्ट जौबामा चीनबाट आयात गरिएको लिस्टमा रहेको छ ।

यू ब्राण्डको नयाँ फोनको मोडल नम्बर वाईयू५२०० (YU5200) रहेको छ । यो सूचीमा नयाँ फोनको बारेमा केहि जानकारी पनि रहेका छन् ।MobilesKhabar_01

सूचीअनुसार यो फोनमा ५.२ इन्चको स्क्रीन रहेको छ भने यो फोनले फोरजी सपोर्ट गर्दछ । त्यस्तै यस फोनमा ड्यूल सिम सपोर्ट राखिएको छ जुन सिम दुबैमा फोरजी (4G) प्रयोग हुनेछ ।

यू ब्राण्डको नयाँ फोन कम्पनीले भारतका लागि १०० वटा यूनिट आयात गरेको छ । संभवत यो आयात गरिएको यूनिट परिक्षणका लागि प्रयोग हुने गरेको छ ।

जौबामा उल्लेख भएअनुसार यो फोनको मूल्य कम्पनीले भारु ९,०३६ तोकेको छ जुन करिब १४ हजार ४ सय ५७ नेपाली रुपैंया हुन्छ । यो मूल्यको आधारमा हेर्दा कम्पनीले यो फोनलाई मिड रेन्ज फोनको रुपमा ल्याउन लागेको अनुमान गरिएको छ । तर यो मूल्यले बजार मूल्यलाई दर्शाउँछ भन्ने कुनै निश्चित छैन् ।

यसअघि यहि मोडल नम्बर वाईयू ५२०० भएको डिभाइस जीएफएक्स बेन्चमार्क वेवसाईटमा देखिएको थियो । उक्त बेन्चमार्कअनुसार यो डिभाईसमा १९२०x१०८० पिक्सेलको ५.२ इन्चको डिस्प्ले रहेको छ । यसमा क्वालकम स्न्यापड्रयागनको अक्टा-कोर ६१५ चीपसेट प्रयोग गरिएको छ भने ३ जीबीको र्याम रहेको छ । नयाँ स्मार्टफोनमा १६ जीबीको आन्तरिक स्टोरज रहेकोछ, जसलाई माईक्रो एसडी कार्डद्धारा बढाउन सकिन्छ ।

यू ब्राण्डको नयाँ स्मार्टफोनमा १३ मेगापिक्सेलको रियर क्यामरा, एलईडि फ्ल्याशसहितको १०८० पिक्सेलसम्मको भिडियो रेकर्डिंग तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । त्यस्तै यसमा फोरजी एलटीई, ड्यूल सिम, ब्लूटूथ ४.० भर्सन, जीपीएस छ भने एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा संचालन हुनेछ ।

माध्यम १ माध्यम २  स्रोत

प्रकाशित: १५ चैत्र २०७२, सोमबार

Comments are closed.

Loading...