हुवावे पी नाइनको आधिकारीक तस्विर, एक ई-कमर्शले ४९९ डलरमा बिक्रीका लागि राख्यो

Technology Khabar १० चैत्र २०७२, बुधबार

हुवावे पी नाइनको आधिकारीक तस्विर, एक ई-कमर्शले ४९९ डलरमा बिक्रीका लागि राख्यो

काठमाडौं ।

काठमाडौं, १० चैत । हुवावेको पी नाइन (Huawei P9) स्मार्टफोन यहि अप्रिल ६ तारिखमा आउने करिब करिब पक्का भईसकेको छ । कम्पनीले अप्रिल ६ तारिखमा आयोजना गर्ने कार्यक्रमको निम्तो पनि पठाईसकेको छ भने त्यसको काउण्टडाउन पनि शुरु गरिसकेको छ ।

हुवावेले ल्याउन लागेको फ्ल्यागशिप पी नाइन विभिन्न तीन भर्सनमा आउने अनुमानहरु यसअघि नै गरिएको थियो । पी एट (P8) को सक्सेसर फोनको रुपमा आउने हुवावे पी नाइनका केहि लाइभ पिक्चर कम्पनीले आफ्नो वेवसाइटमा राखेको छ । यो फोन केहि अघि हुवावेको प्रेसिडेन्टले प्रयोग गरिरहेको तस्विर लीक भएको थियो ।

अहिले भने कम्पनीले यो स्मार्टफोनका केहि तस्विरहरु आधिकारीक रुपमा नै वेबसाइटमा राखेको हो । यो स्मार्टफोनका तीनवटा तस्विरहरु कम्पनीले सार्वजनिक गरेको छ ।

हुवावे पी नाइन स्मार्टफोनमा ड्यूल क्यामरा हुने निश्चित भएको छ कम्पनीले नै ह्यासट्यागसहित ०० को (#00) ट्यागलाइन आउँदो इभेन्टका लागि लागेको छ ।Gallery3

तस्विरमा हेर्दा यसको फिंगरप्रिन्ट रिडर (fingerprint reader) चारकुने आकारको देखिन्छ भने यसको कुनाहरु केहि घुमाउरो रहेको छ । तर यसअघि लीक भएका फोनमा भनिएजस्तो गोलाकार फिंगरप्रिन्ट रिडर छैन् ।Gallery2

कम्पनीले सार्वजनिक गरेको तस्विरको आधारमा हेर्दा यो स्मार्टफोन सामसुंगको ग्यालेक्सस् नोट फोर जस्तै मेटल फ्रेमसहितको डिजाइनको देखिन्छ ।

उता एक ईकमर्श साइटले भने हुवावेको यो फोन सार्वजनिक हुनुभन्दा पहिले नै यसअघि लीक भएका तस्विरहरु राखेर यसको प्रि-अर्डर शुरु गरेको छ । चीनियाँ ई-कमर्श ओप्पोमार्टले (oppomart.com) हुवावेको तीन भर्सनको मूल्य तोकेर नै राखेको छ ।

ओप्पोमार्टले हुवावे पी नाइनको मूल्य ४९९ अमेरिकी डलर अर्थात करिब ५४ हजार रुपैंया तोकेको छ भने हुवावे पी नाइन म्याक्सको मूल्य ६९९ अमेरिकी डलर राखेको छ । त्यस्तै यसको लाइट भर्सनको मूल्य २९९ अमेरिकी डलर तोकेको छ ।

ओप्पोमार्टले यो फोन बेच्नका लागि राखिसकेपनि यो फोन आउट अफ स्टक भएको उल्लेख गरेको छ ।

माध्यम  स्रोत १ / स्रोत २

Global Bank
easy care

प्रकाशित: १० चैत्र २०७२, बुधबार

ताजा समाचार