नोकियाको भच्र्यूअल रियालिटी क्यामरा, ३६० डिग्रीमा भिडियो खिच्ने ८ वटा क्यामरा भएको ‘ओजो’

Technology Khabar ८ चैत्र २०७२, सोमबार

नोकियाको भच्र्यूअल रियालिटी क्यामरा, ३६० डिग्रीमा भिडियो खिच्ने ८ वटा क्यामरा भएको ‘ओजो’

काठमाडौं ।

काठमाडौं, ८ चैत । नोकिया टेक्नोलोजिजले यूरोपका लागि नयाँ प्रोफेसनल ओजो भच्र्यूअल रियालिटी एक्सपेरियन्स क्यामरा (OZO virtual reality experience camera) सार्वजनिक गरेको छ ।

कम्पनीले शुक्रवारदेखि यूरोपेली मुलुकमा बिक्रीका लागि ‘ओजो’ (OZO) नामक भच्र्यूअल रियालिटी क्यामरा उपलब्ध गराएको छ । तर यो डिभाइस नियमित ग्राहकहरुका लागि भने होईन् ।

ओजो विशेषगरी व्यवसायीक सिनेमा निर्माताहरु तथा निर्देशकहरुका लागि हो, जो भच्र्यूअल रियालिटीमा आधारित कार्यहरु गर्दछन् । अर्थात यो क्यामरा भच्र्यूअल रियालिटी सिनेमा तथा फिल्म निर्माणमा संलग्न व्यवसायीकहरुका लागि हो ।ozo-press-photo

यो विशेष क्यामराको मूल्य नोकियाले ५५ हजार यूरो तोकेको छ ।

ओजोले ३६० डिग्री सराउण्ड साउण्डमा अडियो रेकर्ड गर्न सक्दछ । यसमा भिआरका लागि आवश्यक हुने फूल स्टोरियो थ्रिडी प्ले ब्याक पनि उपलब्ध हुनेछ ।

यो डिभाइसमा ८ वटा क्यामराहरु फूटेज खिच्नका लागि राखिएका छन भने यसका साथमा ८ वटा माइक्रोफोनहरु पनि रहेका छन् ।

यूरोपमा फिनिस कम्पनीले यो डिभाइसका लागि दुईवटा पोस्ट प्रोडक्सन सहकार्य गर्ने घोषणा पनि गरेको छ । यसको उदेश्य भनेको फिल्मकर्मीहरुलाई डिभाइसको प्रयोगमा दक्ष बनाउनु र यसको फाईदा दिलाउनु हो ।

पोस्ट प्रोडक्सन कम्पनी डिलक्सले ओजो भिआर कन्टेन्टका लागि पोस्ट प्रोडक्सन सेवा उपलब्ध गराउनेछ, जसमा इडिटोरियल, स्टिचिंग एण्ड कलर इत्यादि छन् ।लण्डनमा आधारित पोस्ट प्रोडक्सन सफ्टवेयर टूल्स दि फाउण्डरीका साथै नूकले पनि ओजोको साथमा थ्रिडी कन्टेन्ट बनाउन सहयोग गर्नेछन् ।

माध्यम  स्रोत

easy care

प्रकाशित: ८ चैत्र २०७२, सोमबार