सामसुंगको ब्लगर्स मिटः ग्यालेक्सी एस सेभेन र एस सेभेन एजको फीचर बारे अन्तरक्रिया

Technology Khabar ८ चैत्र २०७२, सोमबार

सामसुंगको ब्लगर्स मिटः ग्यालेक्सी एस सेभेन र एस सेभेन एजको फीचर बारे अन्तरक्रिया
Classic Tech

काठमाडौं, ८ चैत । सामसुंगले आफ्नो फ्ल्यागशिप ग्यालेक्सी एस सेभेन (Galaxy S7) र एस सेभेन एज (Galaxy s7 Edge) को प्रबद्र्धनका लागि ब्लगर्स मिट (bloggers meet) आयोजना गरेको छ । सामसुंगको नेपालस्थित कार्यालय सामसुंग इलेक्ट्रोनिक्स नेपालले आइतवार काठमाडौंमा ब्लगर्स मिट गरेको हो । उक्त कार्यक्रममा नेपालमा कार्यरत टेक ब्लगरहरुको सहभागीता रहेको थियो ।

ब्लगर्स मिटमा सामसुंगको नेपालका लागि आधिकारीक बितरकमध्येको एक आईएमएस नेपालका प्राविधिकले ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एजको बारेमा विभिन्न जानकारीहरु दिएका थिए । सामसुंगले नेपाली बजारमा भर्खरै मात्र एस सेभेन तथा एस सेभेन एजको प्रि बुकिंगको घोषणा गरेको थियो । यो स्मार्टफोन विश्व बजारमा निकै चर्चाको केन्द्रमा रहेको छ ।

फाइल फोटोः मोबाइल्स खबर
फाइल फोटोः मोबाइल्स खबर

कार्यक्रम सामसुंगको नयाँ प्रिमियम फोन ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एजको फीचर र त्यसको प्रयोग कसरी गर्ने भन्ने विषयमा केन्द्रित रहेको थियो । सामसुंगका प्रतिनिधिले एस सेभेन र एस सेभेन एजको बारेमा ब्लगरहरुलाई जानकारी दिन उक्त कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा सामसुंगको नयाँ स्मार्टफोनहरु तथा त्यसको प्राविधिक पक्षको बारेमा ब्लगर्सहरुले विभिन्न प्रश्नहरु राखेका थिए भने सामसुंगका प्राविधिक ट्रेनरले जिज्ञासाहरुको समाधान गरेका थिए ।

सामसुंगले आयोजना गरेको यो ब्लगर मिट दोस्रो हो । यसअघि कम्पनीले गत वर्ष ब्लगर्स मिट गरेको थियो । कम्पनीले आगामी दिनमा पनि ब्लगर्स मिट कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएको छ ।

TK Viber

प्रकाशित: ८ चैत्र २०७२, सोमबार

Comments are closed.

Loading...