भेर्नीको ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको स्मार्टफोन

Technology Khabar ७ चैत्र २०७२, आईतवार

भेर्नीको ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको स्मार्टफोन
Classic Tech

काठमाडौं, ७ चैत । सन् २०१६को शुरुवातदेखि नै स्मार्टफोनको विश्व बजारमा प्रतिस्पर्धा निकै बढेको छ । नयाँ वर्षको शुरुवातदेखि नै बजारमा उच्च क्षमता र नयाँ प्रविधिसहितका स्मार्टफोनहरु आई नै रहेका छन् । यसै मेसोमा एक चीनिया कम्पनीले ६ जीबी र्यामसहितको स्मार्टफोन सार्वजनिक गरेको छ ।

यसअघि पनि ६ जीबी र्याम भएको स्मार्टफोन चीनियाँ कम्पनी भिभोले सार्वजनिक गरिसकेको छ ।

मोबाइल बजारको बढ्दो प्रतिस्पर्धामा कम्पनीहरुले नयाँ र उच्च क्षमतासहितका फोनहरु सार्वजनिक गरेका हुन् । चीनको सेनझेनमा रहेको हाईटेक कम्पनी भेर्नीले अपोलो नामको उच्च क्षमताको स्मार्टफोन सार्वजनिक गरेको हो ।

कम्पनीले नयाँ फोनले भेर्नी कम्पनीको उच्च तहको अविश्कारको गतिका साथमा दक्ष अनुसन्धान र विकासको सिपलाई प्रदर्शन गर्ने दाबी गरेको छ ।

भेर्नीले मिड ईण्ड डिभाइसको रुपमा अपोलो सार्वजनिक गरेको हो ।Vernee-Apollo-1

यो स्मार्टफोनमा हेलियो एक्स २० एमटिके ६७९७ (Helio x20 MTK चीपसेट प्रयोग गरिएको छ भने यसमा ६ जीबीको र्याम तथा १२८ जीबीको इन्टरनल स्टोरेज राखिएकोछ ।

भेर्नी अपोलोमा ५.५ इन्चको टू के (2K) रिजोल्यूशनसहितको डिस्प्ले रहेको छ । त्यस्तै यसमा २१ मेगापिक्सेलको सोनी आईम्याक्स २३० सेन्सरसहितको रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।

यो फोनमा थ्री डि फोर्स टच, यूएसबी टाइप सी पोर्ट राखिएको छ भने यसको बडि पूर्णरुपमा मेटालिक रहेको छ ।

कम्पनीले यो फोन अप्रिलको अन्त्यसम्ममा बजारमा उपलब्ध गराउने तयारी गरेको छ भने यसको मूल्य कति हुने हो जानकारी छैन् ।

माध्यम  स्रोत

प्रकाशित: ७ चैत्र २०७२, आईतवार

Comments are closed.

Loading...