एलजीको मोड्यूलर फोन ‘जी ५’, आफ्नो चाहना अनुसारको फोन बनाउन सकिने

Technology Khabar ७ चैत्र २०७२, आईतवार

एलजीको मोड्यूलर फोन ‘जी ५’, आफ्नो चाहना अनुसारको फोन बनाउन सकिने

काठमाडौं ।

काठमाडौं, ७ चैत । एलजीको नयाँ फ्ल्यागशिप फोन जी ५ (G5) यहि मार्च ३१ तारिखदेखि बिक्रीका लागि उपलब्ध हुने भएको छ । कम्पनीले यो स्मार्टफोनको मूल्य २०० अमेरिकी डलर तोकेको छ । जुन विभिन्न मुलुकअनुसार फरक हुनेछ ।

गत महिना मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक भएको यो फोनलाई कम्पनीले यो क्षेत्रकै पहिलो ‘मोड्यूलर फोन’ (modular phone) भएको दाबी गरेको छ । यो स्मार्टफोन क्यामरा कन्ट्रोलरसहितका विभिन्न एसेसरिजका साथमा उपलब्ध हुन्छ ।

यसको क्यामरा कन्ट्रोलरले प्रयोगकर्तालाई फोनलाई डिजिटल सिंगल लेन्स रिफ्लेक्टर क्यामरा जस्तै नियन्त्रण गर्न सहयोग गर्दछ ।Screenshot LG G5

एलजीको जी ५ स्मार्टफोन अन्य विभिन्न प्रबद्र्धनात्मक एसेसरिजसँगै किन्न पाईनेछ,जसमा १०० डलर भन्दा बढि मूल्यको ब्याट्रि प्याक पनि उपलब्ध हुनेछ ।

कम्पनीले यसको साथमा आउने विभिन्न सहयोगी एसेसरिजको मूल्य पनि सार्वजनिक गरेको छ । क्याम प्लस क्यामरा ग्रिपको मूल्य ८५ अमेरिकी डलर,  अडियो मोड्यूलको मूल्य करिब १६० अमेरिकी डलर रहेका छन् ।lg-g5

अमेरिकी बजारमा यो स्मार्टफोन एटि एण्ड टि तथा स्प्रीन्टसँग मार्च २४ तारिखदेखि प्रि अर्डरमा निकै आकर्षक मूल्यमा खरिद गर्न सकिने बताईएको छ ।

रिटेलरहरुले यो स्मार्टफोनको खरिदमा करिब १०० अमेरिकी डलर बचत गर्न सकिने र २ वर्षसम्मको स्प्रीन्टसँग कन्ट्रयाक्ट एक्टिभेट हुने अफर राखेका छन् । त्यस्तै अन्य ग्राहकहरुले यो फोनको खरिदमा १०० डलरको गिफ्ट कार्ड पनि खरिद गर्न सक्नेछन् ।

यो स्मार्टफोनको खरिदमा ९० डलर बराबरको अन्य एसेसरिजहरु रिप्लेसमेन्ट ब्याट्रि, चार्जिग क्र्याडल, यूएसबी, माइक्रो यूएसबी एडप्टर पनि उपलब्ध हुनेछन् ।

एलजी जी ५ स्मार्टफोनमा ५.३ इन्चको क्वाड एचडी डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन २५६०x१४४० रहेको छ ।

यसमा क्वालकम स्न्यापड्रयागन ८२० चीपसेटका साथमा४ जीबीको र्याम छ भने ३२ जीबीको स्टोरेज राखिएको छ, जसलाई बढाएर २ टेराबाईट सम्म पुर्याउन सकिन्छ ।

यो फोनमा १६ मेगापिक्सेलको रियर क्यामरा छ भने ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

एन्ड्रोयडको मार्शमाल्लो ६.० मा आधारित यो स्मार्टफोनमा २८०० एमएएचको ब्याट्री छ ।

यो फोनमा फास्ट चार्जिडका लागि यूएसबी टाइप सी प्रयोग गरिएको छ भने यो ७.७ मिलिमिटर मोटाइको छ ।

के हो मोड्यूलर फोन ?lg-g5-modular

मोड्यूलर स्मार्टफोन एउटा सेल फोन हो जसलाई विभिन्न अन्य एसेसरिजहरुको माध्यमबाट अपग्रेड गर्न सकिन्छ वा कुनै भाग (कम्पोनेन्ट) हटाएर आफुलाई चाहिएजस्तो बनाउन सकिन्छ ।

यस्तो फोनको फाइदामध्ये प्रयोगकर्ताहरुले आफूलाई चाहिएको अनुसारको फीचरका लागि मात्र रकम तिरे पुग्दछ र आवश्यकताअनुसार अपग्रेड गर्न सक्दछन् ।

फोन नै फेर्नुपर्ने रकमभन्दा फोनको केहि सामाग्री वा भाग फेर्नु सस्तो पर्दछ । यसले इलेक्ट्रोनिक्स सामाग्रीको फोहोर कम उत्पादन गर्न सहयोग गर्दछ ।

यस्तो फोनमा भएको कुनै भाग बिग्रिए वा भाँचिएमा त्यो भाग मात्र फेर्न सकिन्छ ।

माध्यम  स्रोत

Global Bank
easy care

प्रकाशित: ७ चैत्र २०७२, आईतवार

ताजा समाचार