जुत्ताको तुना आफैं बाँधिने नाइकको हाइपरएडप्ट १.०, सेन्सरले तुना बाँधिदिने

Technology Khabar ५ चैत्र २०७२, शुक्रबार

जुत्ताको तुना आफैं बाँधिने नाइकको हाइपरएडप्ट १.०, सेन्सरले तुना बाँधिदिने

काठमाडौं ।

काठमाडौं, ४ चैत । खेलकुदका सामाग्री उत्पादन गर्ने कम्पनी नाइकले अत्याधुनिक प्रविधिसहितको जुत्ता उत्पादन गरेको छ । नाइकले सेल्फ लेशिंग (Self Lacing) जुत्ता उत्पादन गरेको हो ।

स्पोर्टस वेयर उत्पादन गर्ने कम्पनी नाइकले पहिलो पटक अटोमेटिकरुपमा जुत्ताको तुना (लेस) बाँध्नसकिने प्रविधिसहितको जुत्ता सार्वजनिक गरेको छ । कम्पनीले फ्यूचरीस्टिक सेल्फ लेशिंग जुत्ता सार्वजनिक गरेको हो ।

नाइकले सार्वजनिक गरेको यो जुत्ताको नाम हाइपरएडप्ट १.० (HyperAdapt 1.0) राखिएको छ, जसमा सेल्फ लेशिंग मेशिन राखिएको छ ।Nike Auto Less shoe

हाइपरएडप्ट १.० जुत्तामा सेन्सर प्रयोग गरिएकोछ । यो सेन्सरको माध्यमबाट प्रयोगकर्ताले जुत्तामा खुट्टा पसाएपछि स्वचालित रुपमा त्यसको तुना बाँधिन्छ । यो जुत्ता निकै आकर्षक र स्टायलिस रहेको छ ।

https://www.youtube.com/watch?v=z7Cyv3cvIxY&feature=youtu.be

‘जब तपाईँले जुत्तामा खुट्टा हाल्नुहुन्छ, तपाईँको कुर्कुच्चाले सेन्सरलाई दबाब दिनेछ र यसको प्रणालीले स्वचालितरुपमा तुना कस्नेछ ।’ कम्पनीका वरिष्ठ आविश्कारक तथा परियोजनाका टेक्निकल लीड टिफानी वियर्सले भने, ‘यसको साइडमा दुईवटा बटनहरु तुना बाँध्न वा खुकुलो बनाउन राखिएको छ । तपाईँले यसलाई सहज नभएसम्म समाजोयन गर्न सक्नुहुनेछ ।’

कम्पनीका प्रमुख कार्यकारीले यो जुत्ता न्यूयोर्कमा हालै लन्च गरेका हुन् । यो जुत्ता कहिलेदेखि बजारमा आउँछ भन्ने जानकारी नभएपनि आगामी महिनामा शुरु हुने अपेक्षा गरिएको छ ।Nike_EARL_Outsole_hd_1600

नाइकको हाइपटएडप्ट १.० नाइक प्लस सदस्यहरुलाई मात्र यो वर्षको होलिडे सिजनमा उपलब्ध गराईने कम्पनीले उल्लेख गरेको छ । यो जुत्ता बजारमा तीन कलरमा उपलब्ध हुनेछ ।

नाइकले ल्याएको स्वचालित तुना बाँध्ने जुत्ताको मूल्य भने सार्वजनिक गरिएको छैन् ।

माध्यम / स्रोत

easy care

प्रकाशित: ५ चैत्र २०७२, शुक्रबार