बजाजको नयाँ वर्ष २०७३ का लागि “नरोकिने युवा जोश” नामको योजना

Technology Khabar ५ चैत्र २०७२, शुक्रबार

बजाजको नयाँ वर्ष २०७३ का लागि “नरोकिने युवा जोश” नामको योजना

काठमाडौं ।

काठमाडौँ, ५ चैत । नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्द कम्पनीले २०७३ नयाँ वर्षको लागि “नरोकिने युवा जोश” नामको योजना प्रस्तुत गरेको छ ।

२०७२ वैशाख १२ गते गएको विनाशकारी महाभूकम्म र त्यसपछि देशले लामो समयसम्म खेपेको अघोषित नाकाबन्दीमा नेपालीहरु युवाहरुले एकजुट भएर देखाएको अदम्य साहस र धैर्यलाईं सल।म गर्दै बजाजले नयाँवर्षका २०७३का लागि “नरोकिने युवाजोश” नामको योजना प्रस्तूत गरेको छ ।

अघिका वर्षहरुका योजनाहरु भन्दा यो योजना अलि पृथक हुने बजाजले जनाएको छ । यो योजना अन्तर्गत ग्राहकले प्रत्येक बजाज बाईकको खरिदमा रु.७००० नगद छुट प्राप्त गर्न सक्नेछन् र यसको लागि ग्राहकहरुले नेपालका विभिन्न भागमा रहेका बजाजका अधिकृत बिक्रेताहरुबाट नै बाइक खरिद गरेको हुनुपर्नेछ  ।

Global Bank
easy care

प्रकाशित: ५ चैत्र २०७२, शुक्रबार

ताजा समाचार