जियोनि इलाइफ एस सिक्स अब नेपालमा, ३ जीबी र्याम र सूपर एमोलेड डिस्प्ले

Technology Khabar ५ चैत्र २०७२, शुक्रबार

जियोनि इलाइफ एस सिक्स अब नेपालमा, ३ जीबी र्याम र सूपर एमोलेड डिस्प्ले
Classic Tech

काठमाडौं, ५ चैत । जियोनिले आफ्नो इलाइफ एस सिरिजको सबैभन्दा नयाँ मोडेल एस सिक्स (S6) नेपालमा ल्याएको छ । नेपालमा अत्यधिक रुचाइएको एस सेवेन पश्चात एस सिरिजको यो नयाँ मोडेल अब नेपाली बजारमा उपलब्ध छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा मिस नेपाल अर्थ दिव्यता वैद्य र मिस नेपाल इन्टरनेशनल मेधा कोइरालाले नेपालमा एस सिक्स सार्वजनिक गरेका थिए ।

जियोनी एस सिक्स सार्वजनिक गर्दै मिस नेपाल अर्थ दिव्यता वैद्य र मिस नेपाल इन्टरनेशनल मेधा कोइरालाः मोबाइल्स खबर
जियोनी एस सिक्स सार्वजनिक गर्दै मिस नेपाल अर्थ दिव्यता वैद्य र मिस नेपाल इन्टरनेशनल मेधा कोइरालाः मोबाइल्स खबर

एस सिक्समा ६.९ मिलिमिटर पातलो चम्किलो मेटल फ्रेम भएको पूर्ण मेटालिक डिजाइन रहेको छ । एस सिक्समा कोर्निंग गोरिल्ला ग्लासद्धारा सुरक्षित ५.५ इन्चको ७२० पिक्सेलको सुपर एमोलेड (Super AMOLED) स्क्रिन रहेको छ ।

एस प्लसमा जस्तै एस सिक्समा पनि १.३ गिगाहर्जको ६४ बिट अक्टा-कोर प्रोसेसर रहेको छ । एस सिक्समा ३ जीबी र्याम र ३२ जीबी इन्टरनल स्टोरेज रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जियोनीको यो फोनमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । यो डुअल सिम सपोर्ट गर्ने फोन एन्ड्रोइड ५.१ मा आधारित छ भने कम्पनीको आफ्नै अमिगो ३.१ यूआई राखिएको छ ।

ब्याट्री ३,१५० एमएएच क्षमताको छ । एस प्लस र एस सिक्समा चार्ज र कनेक्टिभिटीका लागि युएसबी टाईप सी प्रयोग गरिएको छ । यसबाट चार्जिङ पनि छिटो हुने गर्दछ र डाटा पनि छिटो ट्रान्सफर हुन्छ ।
एस सिक्स कालो, सिल्भर र रोज गोल्ड कलरमा रु. २९,९९९ मा उपलब्ध छ ।

प्रकाशित: ५ चैत्र २०७२, शुक्रबार

Comments are closed.

Loading...