एप्पलको ४ इन्चको आईफोन एसई आउँदै, ‘फोर के’ भिडियो रेकर्ड गर्न सकिने

Technology Khabar ३ चैत्र २०७२, बुधबार

एप्पलको ४ इन्चको आईफोन एसई आउँदै, ‘फोर के’ भिडियो रेकर्ड गर्न सकिने
आइफोन एसईको भनिएको तस्विरः गूगलबाट

काठमाडौं ।

काठमाडौं, ३ चैत । एप्पलले यहि मार्च २१ तारिखमा नयाँ आईफोन एक कार्यक्रमका बिच सार्वजनिक गर्न गईरहेको छ । कम्पनीले ल्याउने भनिएको आईफोन ५ एसई (iPhone 5 Se) को बारेमा विभिन्न चर्चाहरु बजारमा आई नै रहेका छन् ।

एप्पलको चार इन्च स्क्रीन भएको आईफोन ५ एसईको बारेमा नयाँ समाचार हालै सार्वजनिक भएको छ । नयाँ जानकारीअनुसार एप्पलको आईफोन ५ एसईमा राखिएको क्यामराले फोर के (4K) रिजोल्यूशनको भिडियो खिच्न सक्दछ । iPhone Se camera

टिप्सटरका अनुसार एप्पलले आईफोन एसई भन्दै आएको नयाँ आईफोनको इमेजको भिडियो क्षमताको बारेमा प्रबद्र्धनात्मक भिडियो बनाएको एप्पल इन्साइडरले उल्लेख गरेको छ ।

यो प्रबद्र्धनात्मक भिडियो कम्पनीले आगामी साता आयोजना गर्ने विशेष इभेन्टमा प्रदर्शन गर्छ वा गर्दैन भन्ने अझै स्पष्ट छैन् । तर भिडियो न्यूयोर्कको कुनै स्थानमा गत साता मात्र कम्पनीका कामदारहरुले खिचेको बताईएको छ ।iPhone_4K

एप्पलको नयाँ फोन मूल्यको हिसाबले सस्तो फोनको रुपमा कम्पनील ल्याउने भएपनि यसको फीचरहरु भने आईफोन सिक्स (iPhone 6) सँग मिल्दो रहेको अनुमान गरिएको छ । यसअघि सार्वजनिक भएका विभिन्न तस्विरहरु तथा जानकारीको आधारमा यो फोन आईफोन ५ एस (iPhone 5s) को अपग्रेड भर्सन हो ।

एप्पलको आईफोन ५ एसईको नयाँ भिडियो पनि सार्वजनिक भएको छ । चीनको यूट्यूब च्यान निक विप (Nick Beep) ले सार्वजनिक गरेको एक भिडियो आईफोन ५ एसईको भएको दाबी गरेको छ ।

भिडियोमा देखाईएको आईफोन एसई करिब करिब आईफोन सिक्स जस्तै देखिएको छ । भिडियोअनुसार आईफोन एसईको रोज पिंक कलर आईफोन ६ एसको भन्दा अधिक चमकसहितको हुनेछ ।

नयाँ आईफोन एसईमा एप्पलले थ्रीडी टच (3D touch) राखेको छैन भने यसमा एप्पल पेका लागि एनएफसी मोड्यूल, एलईटी कनेक्टिभिटी राखिएको छ ।

त्यस्तै यसमा १२ मेगापिक्सेलको रियर क्यामरा छ भने लाइभ फोटो सपोर्ट गर्दछ भने ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ ।

कम्पनीले यो फोनमा आफ्नै चीपसेट ए नाइन प्रयोग गरेको छ जसले फोर के भिडियो खिच्न रेकर्ड गर्न सक्ने कार्यगत क्षमता राख्दछ ।

कम्पनीले मार्च २१ तारिखमा नयाँ फोन आईफोन एसईका साथमा नयाँ ९.७ इन्चको आईप्याडको मोडल तथा एप्पल वाचको नयाँ भर्सन पनि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

एप्पलले यसको लागि लेट्स अस लूप यू इन भन्ने नारा सार्वजनिक गरिसकेको छ ।

Global Bank
easy care

प्रकाशित: ३ चैत्र २०७२, बुधबार

ताजा समाचार