लक्ष्मी हुन्डाईद्वारा नेपालमा अल न्यू टक्सन गाडी सार्वजनिक

Technology Khabar २ चैत्र २०७२, मंगलवार

लक्ष्मी हुन्डाईद्वारा नेपालमा अल न्यू टक्सन गाडी सार्वजनिक
Classic Tech

काठमाडौं, २ चैत । हुन्डाईको नेपालस्थित अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले अल न्यू टुसन गाडी स्थानीय बजारमा ल्याएको छ ।

नेपालको अटोमोबाइल बजारमा एसयूभी गाडीतर्फ हुन्डाई टुसनको महत्वपूर्ण स्थान रहेको छ । हुन्डाईले विश्वव्यापी रूपमै धेरैको उच्च अपेक्षा जित्दै आएको छ । यही क्रममा हुन्डाईको अल–न्यू टुसन आमअपेक्षामा खरो उत्रिएको अत्याधुनिक गाडी हो, जसको नारा नै छ– जीवनमा ‘New Thinking, New Possibility’ । आफ्नो उत्कृष्ट डिजाइन र परिस्कृत प्रविधिका माध्यमबाट टुसन आम अपेक्षा भन्दा माथि उठेर सवारी साधन बजारको भविष्यलाई प्रतिनिधित्व गर्न सफल भएको छ ।

टकसनको डिजाइनले आधुनिक सोच, मर्म र मान्यतालाई प्रतिविम्बित गर्नुका साथै हुन्डाईलाई नयाँ युगको नयाँ ब्रान्डका रूपमा स्थापित गरेको कम्पनीको दाबीछ । परिस्कृत स्वरुप, हुन्डाईको विशेषता बनेको ‘हेक्जागोनल ग्रिल’ लगायत उपभोक्ताको आराम, सुविधा र डिजाइनमा टुसन गाडीले कुनै सम्झौता नगरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

हाल नयाँ  टक्सन २.० पेट्रोल म्यानुअल र अटोमेटिक तथा २.० डिजेल अटोमेटिकमा उप्लव्ध हुने छ ।

प्रकाशित: २ चैत्र २०७२, मंगलवार

Comments are closed.

Loading...