याहूले लाइभ टेक्टसहितको सेवाहरु बन्द गर्दै, अब सिमित सेवाहरुमा मात्र ध्यान दिने

Technology Khabar १ चैत्र २०७२, सोमबार

याहूले लाइभ टेक्टसहितको सेवाहरु बन्द गर्दै, अब सिमित सेवाहरुमा मात्र ध्यान दिने
Classic Tech

काठमाडौं, १ चैत । पछिल्ला दिनहरुमा सर्च इन्जिन याहूले आफ्ना विभिन्न सेवाहरु बन्द गर्दै गएको छ । यसै सिलसिलामा कम्पनीले लाइभ टेक्स, याहू गेम्स र एट्रोलोजी जस्ता चर्चित सेवाहरु बन्द गर्ने घोषणा गरेको छ ।

टंबलरमा गरिएको पोष्टमा याहूले भनेकोछ, ‘हामीले आफ्नो व्यवसायलाई सामान्य बनाउने निर्णय गरेका छौं । जसअन्तरगत हामीले कन्ज्यूमर प्रोडक्टस् जस्तै मेल, सर्च, टंबलर, न्यूज, लाइस्टायल र स्पोर्टसमा अधिक ध्यान दिनेछौं ।’yahoo-livetext-messaging-app

याहू गेम्सको साइट तथा पब्लिशिंग च्यानल १३ मे देखि बन्द हुनेछ भने भिडियो च्याटिंग सर्भिस लाइभ टेक्स्टलाई मार्चको अन्त्यमा बन्द गरिनेछ ।

आगामी दिनमा कम्पनीले बिट्रेन, फ्रान्स, जर्मनी, स्पेन र भारतबाट एस्ट्रोलोजी सर्भिस बन्द गर्न सक्नेछ ।

यसका साथै कम्पनीले साउदी अरबका लागि ल्याएको अरबी र अंग्रेजी भाषाको याहू माक्टूबभित्र आउने न्यूज, सेलेब्रिटी, फिल्म, स्टायल, हेल्वा, स्पोर्टस तथा वेदर पनि बन्द गर्नेछ । यो सर्भिस प्रयोग गर्दा आगामी दिनमा याहू माक्टूबको होम पेज खुल्नेछ ।

प्रकाशित: १ चैत्र २०७२, सोमबार

Comments are closed.

Loading...