Technology Khabar २८ फाल्गुन २०७२, शुक्रबार
काठमाडौं, २८ फागुन । एप्पलको नयाँ आईफोन यहि सेप्टेम्बरमा सार्वजनिक हुने संभावना रहेको छ । एप्पलको नयाँ फोन आईफोन सेभेनको बारेमा बजारमा विभिन्न चर्चाहरु सार्वजनिक भईरहेको बेलामा यसको कभरको तस्विर शेयर भएको छ ।
आईफोन सेभेनको हुनसक्ने भनिएको कभरको तस्विर अनलीक्सले ट्वीटरमार्फत सार्वजनिक गरेको छ । यो तस्विरमा यसअघि भनिएको जस्तै हेडफोनको सकेट नभएको सार्वजनिक भएको छ ।
यसअघि नै एप्पलले आईफोन सेभेनबाट हेडफोन सकेट (ज्याक) हटाउन सक्ने समाचार आएका थिए । जसलाई यो तस्विरले पुष्टि गरेको छ ।
अनलीक्सले यो तस्वीर भरपर्दो उत्पादकबाट लिईएको अनुमान गरिएको छ । यो तस्विरअनुसार आईफोन सेभेनमा अडियो ज्याक नहुने स्पष्ट भएको छ ।
त्यस्तै कभरको डिजानलाई हेर्दा आईफोन सेभेन यसअघिको आईफोन सिक्सएस भन्दा पातलो हुनेछ । यो तस्विरमा बटन तथा पोर्टहरुको कुनै परिवर्तन नभएको देखिन्छ ।
तर कभरमा आईफोन सेभेनमा ३.५ एमएमको अडियो ज्याक नहुने पुष्टि भएको छ । यो कभरमा पनि अडियो ज्याकलाई कुनै स्थान नदिएको देखिन्छ । यसमा भएका दुईवटा प्वालहरु स्टेरियो स्पीकरहरुका लागि राखिएको विश्वास गरिएको छ ।
यदि यो तस्विर सहि हो भने यसअघि भनिएअनुसार आईफोन सेभेन केबल ६.१ मिलिमिटर मोटाइको मात्र हुनेछ । जुन यसअघिको आईफोन सिक्स भन्दा १ मिलिमिटर पातलो हो । यसले नयाँ आईफो अझै पातलो हुने अनुमान गरिएको छ ।
उता अन्य हल्लाहरुका अनुसार एप्पलले हालै दर्ता गरेको नयाँ पेटेन्टलाई आधार मानेर एप्पलको हेडफोनहरु वायरलेस हुने अनुमान गरिएको छ ।
थप अनुमानहरुमा आईफोन पूर्णरुपमा वाटरप्रुफ हुने, वायरलेज चार्जिंग हुने, ड्यूल क्यामरा तथा सुधारिएको ब्याट्री हुने संभावना छ । तर टेक साइट म्याकओटाकाराले भने वाटरप्रुफको समाचारमा कुनै दाबी नभएको उल्लेख गरेको छ ।
यो साइटले एप्पलले नयाँ प्रविधि सार्वजनिक गरे जनाएको छ, यो प्रविधिले व्यक्तिलाई इलेक्ट्रोम्याग्नेटीक इन्टरफेरेन्सको सहयोगबाट, फोनले सेल्यूलर तथा वाईफाई कनेक्सनमा राम्रो सम्पर्क गर्न सक्नेछ । यो प्रविधि हाल एप्पल वाचमा प्रयोग गरिएको छ ।
प्रकाशित: २८ फाल्गुन २०७२, शुक्रबार