सामसुंगको ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज नेपालमा सार्वजनिक, ३२जीबी स्टोरेज तथा एक्सनोज८८९० चीपसहितको फोनमात्र उपलब्ध

Technology Khabar २७ फाल्गुन २०७२, बिहीबार

सामसुंगको ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज नेपालमा सार्वजनिक, ३२जीबी स्टोरेज तथा एक्सनोज८८९० चीपसहितको फोनमात्र उपलब्ध
Classic Tech

काठमाडौं,२७ फागुन । सामसुंगले फ्ल्यागशिप फोन ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज नेपाली बजारमा सार्वजनिक गरेको छ । मोबाइल वल्र्ड कंग्रेस २०१६ मा पहिलो पटक औपचारिक रुपमा सार्वजनिक गरिएको ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज बुधवार एक कार्यक्रमकाबिच प्रेस रिलिज गरेको हो ।

ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज सार्वजनिक कार्यक्रममा सामसुंग इलेक्ट्रोनिक्स नेपाल, एचएचपी डिभिजनका हेड प्रणय रत्न स्थापितले नयाँ फोनले ग्राहकहरुलाई नयाँ अनुभव प्रदान गर्ने बताए ।
कार्यक्रममा एचएचपी डिभिजन हेड स्थापितका साथै विभिन्न कलाकारहरु र खेलाडीहरुले एकै साथ सार्वजनिक गरेका थिए ।IMG_7720

कम्पनीले नेपाली बजारमा सामसुंग एस सिक्स तथा एस सिक्स एजको सक्सेसरको रुपमा आएको ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज बजारमा मार्चको मध्यदेखि मात्र उपलब्ध हुने भने पनि कुन दिनदेखि उपलब्ध हुने हो त्यसबारे कुनै जानकारी दिएको छैन् । यसअघि मोबाइल्स् खबरसँग कुरा गर्दै सामसुंगको नेपालका लागि आधिकारीक बितरक आईएमएसका प्रेसिडेन्ट दिकेश मलहोत्राले मार्च १९ तारिखमा पहिलो ह्याण्डसेट हस्तान्तरण गर्ने जानकारी दिएका थिए ।IMG_20160309_125629

त्यसैगरी दुबै स्मार्टफोनहरु आजैदेखि प्रि बुकिंग गर्न सकिने आईएमएसका प्रेसिडेन्ट मलहोत्राले जानकारी दिए । उनले भने, ‘हामी आजै बेलुकादेखि फोन सामसुंगका आधिकारीक पसलहरुमा राख्नेछौं भने प्रि बुकिंग पनि गर्नेछौं ।’ तर कम्पनीले भने मार्च १० तारिखदेखि मात्र प्रि बुकिंग शुरु हुने जानकारी दिएको छ ।

कम्पनीले सामसुंग ग्यालेक्सी एस सेभेनको मूल्य ७७ हजार ९ सय रुपैंया तोकेको छ भने एस सेभेन एजको मूल्य ८८ हजार ९ सय रुपैंया तोकेको छ । दुबै फोनहरु ३२ जीबीको आन्तरिक स्टोरेजमा उपलब्ध हुनेछन् । तर कम्पनीले छिटै ६४ जीबीको भर्सन पनि उपलब्ध गराउने प्रेस विज्ञप्तिमा उल्लेख छ ।IMG_20160309_125649

सामसुंगले नेपालमा ल्याएको दुबै फ्ल्यागशिप फोनमा सामसुंगको आफ्नै एक्सनोज ८८९० चीपसेट प्रयोग गरिएको सामसुंग इलेक्ट्रोनिक्स नेपाल, एचएचपी डिभिजनका हेड स्थापितले जानकारी दिए । उनले विश्वभर दुई प्रकारका चीपसेट प्रयोग गरिएको भएपनि नेपाल, भारतलगायतका मुलुकहरुमा एक्सनोज ८८९० चीपसेट प्रयोग गरिएका फोनहरु मात्र उपलब्ध हुने बताए ।

उनले नेपाली बजारमा ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज सार्वजनिक भएपनि पुरानो फ्ल्यागसिप एस सिक्स (S6) तथा एस सिक्स एजको (S6 Edge) मूल्यमा कटौती नहुने दाबी गरे । ‘हाम्रो एस सिक्स तथा एस सिक्स एजको बजार मूल्यमा कटौती गर्ने कुनै योजना छैन् ।’ उनले भने ।

कम्पनीले प्रि बुकिंग गर्ने ग्राहकलाई २० हजार रुपैंया बराबरको आधिकारीक लेदर ब्याग दिने वा १३ हजार ९ सय रुपैंया बराबरको सामसुंग गियर भिआर निशुल्क दिने जानकारी दिएको छ ।

अर्कोतर्फ कम्पनीले स्मार्टफोन मात्र खरिद गर्ने वा सामसुंगका विभिन्न ग्याजेट्सका साथमा खरिद गर्ने अप्सन दिएको छ । यसको लागि कम्पनीले लिमिटेड एडिसन प्याकको घोषणा गरेको छ ।

यो अफरमा सिमित अवधिका लागि ग्यालेक्सी एस सेभेन एजका साथमा गियर एस २ क्लासिक (Gear S2 Classic) , लेभल यूसहितको मूल्य १ लाख २२ हजार रुपैंया तोकेको छ जसमा आधिकारीक लेदर ब्याग निशुल्क पाईनेछ ।

त्यस्तै ग्यालेक्सी एस सेभेनका साथमा गियर एस २ (Gear S2), लेभल यू सहितको मूल्य १ लाख ८ हजार तोकेको छ, जसमा आधिकारीक लेदर ब्याग निशुल्क पाईनेछ ।

प्रकाशित: २७ फाल्गुन २०७२, बिहीबार

Comments are closed.

Loading...