शिओमीको १०,००० एमएएचको नयाँ पावर ब्यांक, चार्जका लागि यूएसबी टाइप-सी पोर्ट

Technology Khabar २५ फाल्गुन २०७२, मंगलवार

शिओमीको १०,००० एमएएचको नयाँ पावर ब्यांक, चार्जका लागि यूएसबी टाइप-सी पोर्ट

काठमाडौं ।

काठमाडौं, २५ फागुन । शिओमीले (Xiaomi) चीनमा १०,००० एमएएचको पावरब्यांक सार्वजनिक गरेको छ । कम्पनीले एमआई पावर ब्यांक प्रो (Mi Power bank Pro) नामक पावरब्यांकमा यूएसबी टाइप सी (USB Type-C) प्रयोग गरिएको छ भने टू वे फास्ट चार्जिंग फीचर रहेको छ ।

पावर ब्यांक प्रोको आउटपुट पावर टाइप-ए कनेक्टर (Type-A connector) को दुबै पोर्टबाट तथा टाइप सी पोर्टबाट हुने गरी राखिएको छ ।

यसले १२ भोल्ट १.५ एम्पियर, ९ भोल्ट २ एम्पियर, ५ भोल्ट २ एम्पिएरको आउटपुट दिनेछ । यो पावरब्यांकले मोबाइलका साथै एसेसरिजहरु ब्लूटूथ हेडसेट, फीटनेस ब्याण्डलगायत चार्ज गर्न सकिन्छ ।

एमआई पावर ब्यांक प्रोका साथमा यूएसबी केबल पनि साथै आउनेछ । त्यसैगरी टाइप ए कनेक्टर एउटा आउनेछ भने माइक्रो यूएसबी पनि उपलब्ध हुनेछ भने टाइप सी एडोप्टरका लागि पनि माइक्रो यूएसबी रहेको छ । Mi Power Bank Pro

यो केबलले माइक्रो यूएसबी पोर्टबाट चार्ज गर्न, टाइप सी पोर्ट तथा पावर ब्यांकलाई नै चार्ज पनि गर्न सकिन्छ ।

एमआई पावर ब्यांक प्रो अन्य एमआई पावर ब्यांकजस्तै एल्मुनियम बडि, इन्पुट ओभरलोड, सर्ट सर्किट, रिसेट प्रोटेक्सनलगायतका फीचर रहेका छन् ।

एमआई पावरब्यांक प्रो अन्य एमआई पावर ब्यांकभन्दा ४२ प्रतिशत पातलो भएको र यसले अटोमेटिकरुपमा डिभाइसहरु डिटेक्ट गर्न सक्ने कम्पनीले दाबी गरेको छ ।

यो पावर ब्यांक १ घण्टा ३० मिनेटमा पूर्णरुपमा चार्ज हुनेछ । यसबाट एमआई नोट २.५ पटक चार्ज गर्न आईफोन सिक्स ४ पटक चार्ज गर्न तथा आईप्याड मिनी १.५ पटक चार्ज गर्न सकिन्छ ।

यो पावरब्यांक २२३ ग्रामको छ भने कम्पनीले चीनमा यसको मूल्य १४९ यूआन अर्थात २२ अमेरिकी डलर तोकेको छ ।

Global Bank
easy care

प्रकाशित: २५ फाल्गुन २०७२, मंगलवार