सामसुंग नोटबुक ९ सिरिजका विण्डोज १० मा आधारित ल्यापटपहरु विश्व बजारमा

Technology Khabar २४ फाल्गुन २०७२, सोमबार

सामसुंग नोटबुक ९ सिरिजका विण्डोज १० मा आधारित ल्यापटपहरु विश्व बजारमा

काठमाडौं ।

काठमाडौं, २४ फागुन । सामसुंगले यहि जनवरीमा सार्वजनिक गरेको अल्ट्रा थिन नोटबुकहरु बिक्रीका लागि उपलब्ध भएका छन् । सामसुंगले निकै पातलो नोटबुक ९ ( Notebook 9)सिरिज सार्वजनिक गरेको हो ।

यो लाइनअपमा कम्पनीले चारवटा अल्ट्रा थिन ल्यापटपहरु सार्वजनिक गरेको हो, जुन निकै शक्तिशाली छन् भने केबल ८६० ग्राम तौल तथा ०.५ इन्च पातलो रहेको छ ।

सामसुंगले लन्च गरेको चार मोडलमध्ये सबैभन्दा सस्तो नोटबुकको मूल्य १ हजार डलर पर्नेछ । यो ल्यापटपमा १३.३ इन्चको १०८० पिक्सेलको डिस्प्ले रहेको छ । यो इन्टेलको कोर आई फाइभ प्रोसेसरमा (Intel Core i5) संचालन हुन्छ भने यसमा ८ जीबीको र्याम तथा २५६ जीबीको एसएसडी अर्थात स्टोरेज छ । samsung-ultrabook-1

त्यसैगरी अर्को ल्यापटपको मूल्य १,२०० अमेरिकी डलर तोकिएको छ जसमा दुईवटा संस्करण उपलब्ध छ । यसमध्ये १३.३ इन्चको क्यूएचडी प्लस कन्भर्टिबल डिस्प्लेको साथमा इन्टेलको कोर आई सेभेन प्रोसेसर राखिएको छ भने अर्कोमा १५.६ इन्चको १०८० पिक्सेल डिस्प्ले भएको इन्टेल कोर आई सेभेन प्रोसेसर युक्त रहेको छ ।

सामसुंगले सार्वजनिक गरेको नोटबुकहरु मध्येको सबैभन्दा महंगो नोटबुक ९ प्रो रहेको छ, जसको मूल्य १४०० अमेरिकी डलर छ । यसमा १५.६ इन्चको अल्ट्रा एचडी डिस्प्ले छ भने इन्टेलको कोर आई सेभेन प्रोसेसरमा संचालन हुन्छ । यसमा एनभिडिए जी फोर्स जीटीएक्स ९५० ग्राफिक्स (NVIDIA GForce GTX950 graphic)चीपसेट राखिएको छ । यो ल्यापटपको तौल १.३२ केजी रहेको छ ।

सामसुंगका सबै ल्यापटपहरु विण्डोज १० भर्सनको अपरेटिंग सिस्टममा आधारित रहेका छन् ।

यी सबै ल्यापटपहरु सामसुंगको आफ्नै वेबसाइट अम्याजन तथा बी एण्ड एचमा उपलब्ध रहेको लीलीपुट डटकमले उल्लेख गरेको छ ।

easy care

प्रकाशित: २४ फाल्गुन २०७२, सोमबार