फेसबुक म्यासेन्जरमा अब गीत सुन्न सकिने, म्यासेन्जर एपमा अब स्पोटिफाई

Technology Khabar २१ फाल्गुन २०७२, शुक्रबार

फेसबुक म्यासेन्जरमा अब गीत सुन्न सकिने, म्यासेन्जर एपमा अब स्पोटिफाई

काठमाडौं ।

काठमाडौं, २१ फागुन । फेसबुकले म्यासेन्जरमा (Facebook Messenger) म्यूजिकका लागि नयाँ फीचर थप गरेको छ । फेसबुकले म्यासेन्जरमा अब स्पोटिफाईका (Spotify) साथमा “इट्स भेरी फस्ट म्यूजिक इन्टिग्रेसन” जोडेको हो ।

म्यासेन्जरको भित्र “मोर” (More) भन्ने सेक्सनमा च्याटको लागि विभिन्न थ्रेडहरु रहेका छन्, जहाँ प्रयोगकर्ताहरुले स्पोटिफाई अप्सन देख्न सक्दछन् । यो सुविधा म्यासेन्जरको आईओएस तथा एन्ड्रोयड दुबै प्रयोगकर्ताले उपयोग गर्न सक्दछन् ।

उक्त स्पोटिफाई अप्सनलाई ट्याप गरेपनि स्वचालितरुपमा स्पोटिफाई एपमा जोडिन पुग्नेछ जहाँ प्रयोगकर्ताहरुले “सर्च फर समथिंग टू शेयर” Search for something to share भन्ने सर्च अप्सनबाट सर्च गर्न सक्नेछन् ।messenger-spotify-search

यो सर्च अप्सनमा एक पटक गीत, कलाकार, प्ले लिस्ट छनौट गरेपछि त्यो म्यासेन्जरको पछाडि भागमा पप्ड (Popped) हुनेछ अर्थात आउनेछ । यस्तो छनौट गरिएको गीत, कलाकार वा प्ले लिस्टको बाहिरी आवरणमा भएको आर्टवर्क शेयर गर्न पनि सकिनेछ ।

जब अन्य साथीले शेयर गरेको फोटोमा ट्याप गर्नेछन्, उनीहरुपनि स्पोटिफाईको माध्यमबाट त्यो गीत सुन्न सक्नेछन् ।

म्यासेन्जर टीमले यसअघि नै प्ले लिस्ट पनि बनाईसकेका छन् ।messenger-spotify-playlist-sharing

स्पोटिफाईसँग यसअघि साथिभाईहरुलाई सिधै गीत, संगीत शेयर गर्ने अप्सन आन्तरिकरुपमा रहेको थियो । यो इमेल, एसएमएस, वाट्सएप तथा म्यासेन्जरसँग कनेक्ट भईरहेको छ ।

यो फीचरमा म्यासेन्जर तथा स्पोटिफाईका यूजरहरुले स्क्रीनसटमा विश्वास गरेर वा गीतको नाम टाइप गरेर साथीहरुसँग शेयर गर्न सक्नेछन् । तर म्यासेन्जरको माध्यमबाट नै शेयर गर्दा भने केहि टाइप गर्न पर्दैन् ।

यो फीचर थप्नाले फेसबुकलाई म्यासेन्जरको प्रयोगकर्ता बढाउन निकै सहयोग पुग्ने अनुमान गरिएको छ भने स्पोटिफाईलाई पनि म्यासेन्जरको माध्यमबाट एपलाई भाईरल बनाउन सहयोग पुग्नेछ ।

Sajilo Visa

प्रकाशित: २१ फाल्गुन २०७२, शुक्रबार

तपाइको प्रतिक्रिया