यस्तो छ ४ इन्चको स्क्रीन भएको आईफोन ५ एसई, सन् २०१७ देखि आईफोनमा ओएलईडी डिस्प्ले

Technology Khabar २१ फाल्गुन २०७२, शुक्रबार

यस्तो छ ४ इन्चको स्क्रीन भएको आईफोन ५ एसई, सन् २०१७ देखि आईफोनमा ओएलईडी डिस्प्ले

काठमाडौं ।

काठमाडौं, २१ फागुन । एप्पलले ४ इन्चको आईफोन ल्याउने चर्चा निकै समयदेखि चलेपनि अहिले ४ इन्चको आईफोनको तस्वीर लीक भएको छ । कम्पनीले यहि मार्च २२ तारिखमा आधिकारीक रुपमा आईफोन ५ एसई (iPhone 5 SE) सार्वजनिक गर्नेछ ।

लीक भएको आईफोन फाइभ एसई ४ इन्चको स्मार्टफोन हो जसमा टचआईडी राखिएको छ भने यसमा ८ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ ।

यो आईफोनमा एप्पलको सबैभन्दा नयाँ ए ९ चीपसेट प्रयोग गरिएको छ, जुन आईफोन सिक्स एस संस्करणमा राखिएको छ । तर यसमा १ जीबीको मात्र र्याम राखिएको छ ।

नयाँ आईफोन फाइभ एसई कम्पनीको आईफोन फाइभ एसको विशेष संस्करण हो, जसमा बढि शक्तिशाली हार्डवेयर तथा सुधारिएको डिजाइन रहेको छ ।

एप्पलको आईफोन फाइभ एसईको लीक भएको तस्विर रिटेल बक्ससहितको रहेको देखिन्छ । यो तस्वीरमा २.५ डी (2.5D) कब्र्ड प्रोटेक्टिभ ग्लास स्क्रीनमाथि रहेको देखिन्छ ।

यदि यो तस्विर सहि हो भने फोनको नाम पनि निश्चित भएको छ । आईफोन ५ एसईको अर्थ स्ट्याण्डर्ड एडिसन हो ।

जे भएतापनि एप्पलको नयाँ आईफोनको बारेमा अझै स्पष्ट हुनसकिँदैन जबसम्म कम्पनीले मार्च २२ को इभेन्टमा यसलाई सार्वजनिक गर्दैन् । त्यसैगरी मार्च २२ मा एप्पलको नयाँ आईप्याड प्रो तथा आईप्याड एयर थ्री पनि घोषणा हुँदैछ ।MobilesKhabar_01

यसैबिच एप्पलले सन् २०१७ देखि ओएलईडी (OLED) डिस्प्ले प्यानेलसहितको आईफोन ल्याउन सक्ने भएको छ ।

चीनियाँ संगठन नीकाईले दिएको जानकारीमा आधारित रिपोर्टअनुसार एप्पलले सन् २०१७ मा आईफोनमा प्रयोग गर्ने ओएलईडी प्यानेल खरिद गर्न सामसुंग तथा एलजीसँग सम्झौताको नजिक पुगेको छ ।

रिपोर्टकाअनुसार सामसुंग र एलजीसँगको यो सम्झौता करिब १२ बिलियन अमेरिकी डलरसम्मको हुनसक्नेछ ।

एप्पलले प्रत्येक वर्ष आईफोनमा विभिन्न परिवर्तन गरिरहेको सन्दर्भमा सन् २०१७ सम्मको नयाँ लक्ष्य पुराहुन सक्नेछ । आईफोनको भौतिक डिभाइस समान भएपनि त्यसका अन्य सामाग्रीहरु, सेन्सर तथा फीचरहरु भने फरक हुनसक्नेछन् ।

तर यो नयाँ ओएलईडी प्यानेल अहिले आउन लागेको भनिएको आईफोन सेभेनमा (iPhone 7) भने प्रयोग हुनेछैन् । यो फोन पनि पुराना आईफोनजस्तै स्क्रीनसहितको भएपनि त्यसपछि सन् २०१७ मा आउने आईफोन सेभेन एसमा (iPhone 7S) भने ओएलईडी प्रयोग हुनसक्नेछ ।

ओएलईडी डिस्प्लेमा भिभिड कलर्स, डार्कर ब्ल्याक्स, र अधिक उर्जा बचत गर्ने कार्यहरु हुनेछन्, जुन सामान्य एलईडी प्यानेलभन्दा उत्कृष्ट हो ।
सामसुंगले कयौं वर्षदेखि विभिन्न किसिमका ग्यालेक्सी सिरिजका स्मार्टफोनहरुमा एमोलेड प्यानेल प्रयोग गरिरहेको छ ।

अहिलेको समय एप्पलले सामान्य भन्दा फरक तरिकाले सोचिरहेको हुनसक्दछ भने केहि अधिक जोखिम लिन पनि तयार हुनुपर्दछ ।

Global Bank
easy care

प्रकाशित: २१ फाल्गुन २०७२, शुक्रबार

ताजा समाचार