शाओमीले एक दिनमा एमआई फोर एस २ लाख भन्दा बढि यूनिट बेच्यो, ३ जीबी र्याम र ६४ जीबी स्टोरेज

Technology Khabar २० फाल्गुन २०७२, बिहीबार

शाओमीले एक दिनमा एमआई फोर एस २ लाख भन्दा बढि यूनिट बेच्यो, ३ जीबी र्याम र ६४ जीबी स्टोरेज

काठमाडौं ।

काठमाडौं, २० फागुन । शाओमीले एमआई फोर एस (Xiaomi Mi 4S) बिक्रीको पहिलो दिनमा  नै २ लाख भन्दा बढि फोन सेट बिक्री गरेको छ । चीनियाँ कम्पनी शाओमीको एमआई फोर एस गत साता घोषणा गरेको थियो भने चीनमा यो साताको शुरुवातमा बिक्री शुरु गरिएको थियो ।

चीनियाँ संचारमाध्यमहरुमा आएको जानकारीअनुसार कम्पनीले बिक्रीको पहिलो दिनमा नै २ लाख भन्दा बढि सेटहरु बिक्री गर्न सफल भएको हो । तर कम्पनीले यसको बारेमा आधिकारीक जानकारी दिएको छैन् । suning-mi-4s

कम्पनीको स्थानिय रिटेलर सुनिंगले (Suning) सार्वजनिक गरेको जानकारी अनुसार कम्पनीले फोन बिक्री घोषणा गरेको पहिलो दिनमा नै १ लाख १० हजार सेट बिक्री गरेको थियो । जसमध्ये कम्पनीले ५०,९३५ यूनिट अनलाईन वेबसाइटबाट तथा ६४,८५३ अफलाईन स्टोरबाट बिक्री गरेको थियो । यो तथ्यांक सुनिंग रिटेलरले चीनभरि बिक्री गरेको यूनिट हो ।

शाओमीको सुनिंग मात्र एउटा रिटेलर होईन, चीनभरी अन्य रिटेलर पनि रहेका छन् । यो आधारमा हेर्दा कम्पनीको एमआई फोर एसको बिक्री २ लाख नाघेको देखिन्छ । त्यसैगरी कम्पनीको आफ्नो वेबसाइटबाट पनि यो डिभाइस बिक्री गरिएको थियो ।Mi 4S

चीनमा शाओमीका उत्पादनहरु निकै लोकप्रिय रहेका छन् । जसले गर्दा एमआई फोर एसको बिक्रीपनि कम्पनीका लागि उत्साहजनक रहेको हो । कम्पनीले यसअघि नै एमआई फोरको सक्सेसरको रुपमा एमआई फाइभ (Mi 5) लन्च गरिसकेकाे छ तर बजारमा अहिले आईसकेको छैन् ।

शाओमीको एमआई फोर एस स्मार्टफोनमा ५ इन्चको डिस्प्ले राखिएको छ भने हेक्सा-कोर स्न्यापड्रयागन ८०८ चीपसेट  प्रयोग गरिएको छ ।

त्यस्तै यसमा ३ जीबीको र्याम तथा ६४ जीबीको आन्तरिक स्टोरेज राखिएको छ, जसलाई माईक्रोएसडी कार्डद्धारा बढाउन सकिन्छ ।

एमआई फोर एसमा ३२६० एमएएचको ब्याट्री राखिएको छ भने यसमा क्वीक चार्ज २.० (Quick Charge 2.0) प्रविधि छ । त्यस्तै १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । स्मार्टफोनको पछाडिको भागमा फिंगरप्रिन्ट सेन्सर (fingerprint sensor) राखिएको छ ।xiaomi-mi4s

शाओमीले एमआई फोर एसको मूल्य चीनमा १,६९९ यूआन अर्थात २६० अमेरिकी डलर तोकेको छ ।

यो फोन बजारमा ब्ल्याक, ह्वाईट, गोल्ड, पींक कलर अप्सनमा उपलब्ध हुनेछ ।

समग्रमा यो स्मार्टफोन यसमा भएका सुविधा तथा मूल्यको आधारमा निकै राम्रो भएको हुँदा चीनियाँ ग्राहकहरुले मन पराएको अनुमान गरिएको छ । यो फोन बाहिरी बजारमा पनि ग्राहकहरुले मन पराउने अपेक्षा गरिएको छ तर अहिलेसम्म बाहिरी बजारमा कहिले आउँछ भन्ने जानकारी छैन् ।

easy care

प्रकाशित: २० फाल्गुन २०७२, बिहीबार