सुबिसुको क्लियर टिभी सेवामा ५ नयाँ एचडी च्यानल थप

Technology Khabar १८ फाल्गुन २०७२, मंगलवार

सुबिसुको क्लियर टिभी सेवामा ५ नयाँ एचडी च्यानल थप

काठमाडौं ।

काठमाडौं, १८ फागुन । इन्टरनेट र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट प्रा. लि.ले आफ्नो क्लियर टिभी सेवामा नयॉ ५ वटा एचडी च्यानलहरु थप गरेको छ ।

यी थपिएका च्यानलसँगै क्लियर टिभी (Clear TV) सेवामा कुल ३० वटा एचडी च्यानलहरु (HD Channels)  हेर्न सकिने कम्पनीले जनाएको छ ।

थपिएका च्यानलहरुमा जी टिभी एचडी, जी सिनेमा एचडी, एण्ड टिभी एचडी, एण्ड पिक्चर्स एचडी तथा टेन स्पोर्टस रहेका छन् ।

विभिन्न विधा जस्तै: खेलकुद, चलचित्र तथा वृतचित्र, संगीत र जीवनशैली अन्तर्गत पर्ने यी ३० वटा एचडी च्यानलहरु तथा १०० भन्दा बढि डिजिटल च्यानलहरुले ग्राहकहरुको अपेक्षा पुरा गर्न सक्षम हुने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

क्लियर टिभी सेवामा हाल बेसिक र प्रीमियम गरी दुई प्याकेजहरु छन् र प्रति महिना न्युनतम रु.५०० देखि उपलब्ध रहेको बताईएको छ । साथै ग्राहकहरुले क्लियर टिभी र इन्टरनेट सेवाको बण्डल प्याकेजहरु पनि उपयुक्त मुल्यमा प्राप्त गर्न सक्नेछन् ।

easy care

प्रकाशित: १८ फाल्गुन २०७२, मंगलवार