लाभाको हाइब्रिड ल्यापटप सार्वजनिक, ट्याब तथा ल्यापटप दुबैको काम गर्ने

Technology Khabar १८ फाल्गुन २०७२, मंगलवार

लाभाको हाइब्रिड ल्यापटप सार्वजनिक, ट्याब तथा ल्यापटप दुबैको काम गर्ने

काठमाडौं ।

काठमाडौं, १८ फागुन । भारतीय ब्राण्ड लाभाले सस्तो मूल्यको हाइब्रिड ल्यापटप सार्वजनिक गरेको छ । लाभाको यो नयाँ टू-इन-वान ल्यापटप माइक्रोसफ्टको विण्डोज १० भर्सनमा आधारित रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको ट्विनप्याड (Lava Twinpad) ल्यापटप हाइब्रिड भएको हुँदा ट्याबलेटको रुपमा पनि प्रयोग गर्न सकिनेछ । भारतीय कम्पनीले विण्डोज १० मा आधारित डिभाइस बजारमा ल्याएको यो पहिलो पटक हो ।

लाभाको यो टू इन वान ल्यापटप (2 in 1 Laptop) कम ट्याबलेट भारतमा सार्वजनिक गरिएको हो र यो भारतभरका अफलाइन स्टोर तथा ई-कमर्श साइटमा उपलब्ध हुनेछ ।LAVA_02

कम्पनीले यो ट्विनप्याड विशेषगरी छात्रछात्राहरु तथा पेशेवर व्यक्तिहरुको बजेटलाई ध्यानमा राखेर ल्याईएको बताईएको छ ।

यो ल्यापटप कम ट्याबलेट १०.१ इन्चको आईपीएस डिस्प्ले रहेको छ, जसको रिजोल्यूशन १२८०X८०० पिक्सेल रहेको छ ।

यो डिभाइसको दुबैतर्फ ‘बाईडिरेक्सनल स्क्रीन’ राखिएको छ, जसलाई आवश्यकताअनुसार अगाडि तथा पछाडि गर्न सकिन्छ ।

यो टू इन डिभाइसमा छुट्टै किबोर्ड तथा एउटा स्टायलस पनि उपभोक्ताले खरिद गर्दाको समयमा निशुल्क पाउनेछन् । यसको किबोर्डलाई जोडेर ल्यापटपको रुपमा प्रयोग गर्न वा डिभाइसलाई ट्याबको रुपमा पनि प्रयोग गर्न सकिनेछ ।LAVA_01

यो डिभाइसमा १.३ गीगाहर्जको क्वाड-कोर इन्टेल प्रोसेसर राखिएको छ भने २ जीबीको र्याम रहेको छ । यसमा ३२ जीबीको स्टोरेज रहेको छ जसलाई बढाएर ६४ जीबीसम्म पुर्याउन सकिन्छ ।

लाभाको यो डिभाइसमा २ मेगापिक्सेलको रियर क्यामरा तथा सामान्य फ्रन्ट क्यामरा राखिएको छ ।

ट्याबलेटमा ७,४०० एमएएचको ब्याट्री छ भने कनेक्टिभिटीका लागि थ्रीजी, वाईफाई, जीपीएस, ब्लूटूथ ४.० तथा दुईवटा माइक्रो यूएसबी स्लट राखिएको छ । त्यसैगरी यसमा सिंगल सिम प्रयोग गर्न सकिन्छ ।LAVA_3

कम्पनीले यो हाईब्रिड डिभाइसको मूल्य १५,९९९ भारु तोकेको छ । हाल यो डिभाइस भारतभन्दा बाहिरी बजारमा उपलब्ध हुने नहुने कुनै जानकारी छैन् ।

Global Bank
easy care

प्रकाशित: १८ फाल्गुन २०७२, मंगलवार

ताजा समाचार