हुवावे पी नाइनको तस्वीरहरु सार्वजनिक, दुई क्यामरा तथा फिंगरप्रिन्ट स्क्यानर हुने

Technology Khabar १८ फाल्गुन २०७२, मंगलवार

हुवावे पी नाइनको तस्वीरहरु सार्वजनिक, दुई क्यामरा तथा फिंगरप्रिन्ट स्क्यानर हुने
Classic Tech

काठमाडौं, १८ फागुन । हुवावेको अहिलेसम्मको सबैभन्दा उत्कृष्ट फोनमध्येको पी ८ (P8) स्मार्टफोनको नयाँ संस्करण पी नाईनको (Huawei P9) बारेमा विभिन्न जानकारीहरु आई नै रहेका छन् । यसैबिचमा पी नाइन (P9) को लाइभ फोटो सार्वजनिक भएको छ ।

यस अघि पनि हुवावे पी नाईनमा भएको ड्यूल क्यामरा (Dual Camera) र त्यसको विस्तृत जानकारी सार्वजनिक भएको थियो भने स्केम्याटिक्स पनि गत महिना सार्वजनिक भएको थियो । यसैबिच हुवावेको पी नाइन, पी एटको सक्सेसरको रुपमा बजारमा आउन लागेको छ, जसका थप तस्वीरहरु लीक भएको एउटा डच वेबसाइटले जानकारी दिएको छ ।huawei-p9-1

हुवावे पी नाइनको पछिल्लो भागको दुई तस्वीरहरु लीक भएका छन्, जसमा मोबाइलको एक जोडि लेन्सहरु एउटै ग्लास प्यानलमा रहेको देखिन्छ । एउटै ग्लासमा भएपनि दुबै क्यामरा लेन्सहरु छुट्टा छुट्टै रहेका छन् ।

तस्वीरमा फोनको ड्यूल लेड फ्ल्याश (Dual LED Flash) र संभवत अटोफोकस विण्डो लेजर पनि सार्वजनिक भएको छ । त्यस्तै फोनमा रहेको फिंगरप्रिन्ट सेन्सर (Fingerprint Sensor) अनुमान गरिएअनुसार नै राखिएको लीक तस्वीरमा देखिन्छ ।

सार्वजनिक भएको तस्वीरहरुको स्मार्टफोन दुबै फोन केसमा राखिएको हुँदा डिजाइनको बारेमा कुनै जानकारी छैन् ।MobilesKhabar_03

उता लीक भएको अर्को तस्वीर तथा जानकारीमा पी नाईनको बाहिरी खोलको (Case) बारेमा देखाईएको छ । जीएसएमडाेमले सार्वजनिक गरेको यो तस्वीरमा कुनै इन्जिनियर अथवा एसम्बली कामदारले पन्जा लगाएको हातले केस समातेको हुनाले हुवावे पी नाईनको खोल भएको अनुमान गरिएको छ ।MobilesKhabar_02

यसमा भएको कन्ट्रोलहरु तथा पोर्ट प्लेसमेन्टलाई हेर्दा यो पी नाइनको केस नै भएको निश्चित गर्न सकिन्छ ।

हुवावेको पी नाइन घोषणा हुने अनुमान गरिएको समय गईसकेको छ तर कम्पनीले यहि मार्च महिनामा पनि हुवावे पी नाइनको घोषणा गर्न सक्ने भएपनि कुनै समय निश्चित गरेको छैन् ।

प्रकाशित: १८ फाल्गुन २०७२, मंगलवार

Comments are closed.

Loading...