हुवावेको मेट एट नेपाल भित्रियो, साथमा जीआर ५ पनि, केहि वर्षमा नम्बर १ कम्पनी बन्ने दाबी

Technology Khabar १६ फाल्गुन २०७२, आईतवार

हुवावेको मेट एट नेपाल भित्रियो, साथमा जीआर ५ पनि, केहि वर्षमा नम्बर १ कम्पनी बन्ने दाबी

काठमाडौं ।

काठमाडौं, १६ फागुन । हुवावेको पछिल्लो फ्ल्यागशिप फोन मेट एट (Mate 8) नेपाली बजारमा सार्वजनिक भएको छ । हुवावेले आईतवार एक कार्यक्रमका बिच फ्ल्यागशिप फोन मेट एट तथा जीआर ५ (GR 5) स्मार्टफोन नेपाली बजारमा उपलब्ध भएको घोषणा गरेको हो ।

हुवावे मेट एट कम्पनीको बजारमा उपलब्ध भएको पछिल्लो स्मार्टफोन हो । यो स्मार्टफोन प्रिमियम सेगेमेन्टको स्मार्टफोन हो ।MobilesKhabar_03

यसअघि कम्पनीले विश्व बजारका लागि सन् २०१५मा चीनमा सार्वजनिक गरेको थियो भने एशियाली मुलुकका लागि थाईल्याण्डमा एक कार्यक्रमका बिच केहि दिनअघि सार्वजनिक गरेको थियो । कम्पनीले यसअघि सार्वजनिक गरेको हुवावे एसेन्ड मेट सेभेनको नयाँ संस्करणको रुपमा हुवावे मेट एट ल्याएको हो ।

सार्वजनिक कार्यक्रममा कम्पनीका नेपालका कन्ट्री डाइरेक्टर डेनिसले एप्पलको आईफोन सिक्स एस सँग विभिन्न फीचरहरु तुलना गर्दै उत्कृष्ट फोनहरुमध्ये एक भएको बताए । उनले आगामी केहि वर्षमा कम्पनी विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बिक्रेता कम्पनी हुने दाबी गरे । ‘हामी आगामी ३ वर्षमा विश्वको प्रमुख स्मार्टफोन कम्पनी बन्नेछौं,’ उनले भने, ‘हाम्रो अहिलेको आम्दानीमा पनि निकै बढ्नेछ ।’MobilesKhabar_01

यो स्मार्टफोनको ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज भर्सनको मूल्य कम्पनीले ७९,९९९ रुपैंया तोकेको छ । यसैको ३ जीबी र्याम तथा ३२ जीबी स्टोरेज भर्सनको फोन आउने वा नआउने केहि जानकारी कम्पनीले दिएन् ।

यो स्मार्टफोन ६ इन्चको स्क्रीनसहितको फ्याबलेट हो, जुन बजारमा उपलब्ध फ्याबलेटबिच उत्कृष्ट मध्ये एक हो । यसको पिक्चर रिजोल्यूशन १०८०X१९२० पिक्सेल रहेको छ भने कोर्निग गोरिल्ला ग्लास फोरद्धारा सुरक्षित पारिएको छ ।MobilesKhabar_10

हुवावे मेट एटमा कम्पनीको आफ्नै ही-सिलिकन किरिन ९५० (HiSilicon Kirin 950) चीपसेट प्रयोग गरिएको छ भने यसमा २.३ गीगाहर्जको क्वाड कोर कोर्टेक्स ए७२का साथमा १.८ गीगाहर्जको कोर्टेक्स ए ५३ चीपसेट राखिएको छ । त्यसैगरी ग्राफिक्सका लागि माली टी ८८० एमपी ४ (Mali T880 MP4) प्रयोग गरिएको छ ।MobilesKhabar_06

त्यसैगरी कम्पनीले सार्वजनिक गरेको अर्को स्मार्टफोन यसअघि नै बजारमा उपलब्ध भईसकेपनि औपचारिकरुपमा सार्वजनिक गरिएको हो । यो स्मार्टफोन युवा लक्षित भएको हुँदा नेपाली बजारमा मनपराउने हुवावे टेक्नोलोजिज् नेपाल कम्पनी प्रालिका बजार प्रबन्धक सुमित प्रधानांगले बताए ।MobilesKhabar_02

उनले भने, ‘यो फोनमा प्रिमियम तहको फीचर भएको हुँदा विश्वभर यसलाई युवा लक्षित गरिएको छ ।’

उनले नेपालमा यो फोनको माग पनि निकै देखिएको हुँदा बजारबाट राम्रो प्रतिकृया पाएको मोबाइल्स खबरसँग बताए । ‘यो फोनको माग राम्रो छ, हामी आगामी दिनमा यसमा ध्यान केन्द्रित गर्नेछौं ।’ उनले भने ।

हुवावे जिआर ५ (GR5)

कम्पनीले हाई मिड रेन्जमा सार्वजनिक गरेको जिआर ५ (GR5) स्मार्टफोनको मूल्य ३३ हजार ९ सय ९९ रुपैंया तोकेको छ । यो फोनमा ५.५ इन्चको फूलएचडी डिस्प्ले छ भने ६४ बिटको अक्टा-कोर प्रोसेसर राखिएको छ । त्यस्तै यसमा २ जीबीको र्याम तथा १६ जीबीको स्टोरेज रहेको छ ।Mobileskhabar_07

यो फोनमा पनि हुवावेको प्रिमियम फोन मेट एटमा भएजस्तै फींगरप्रिन्ट स्क्यानर राखिएको छ ।

यो फोनको रियर क्यामरा १३ मेगापिक्सेल तथा फ्रन्ट क्यामरा ५ मेगापिक्सेलको रहेको छ ।MobilesKhabar_08

दुबै फोनहरुमा फोरजी (4G) ड्यूल सीम प्रयोग गर्न सकिन्छ ।

easy care

प्रकाशित: १६ फाल्गुन २०७२, आईतवार

ताजा समाचार