जियोनिको नयाँ फ्ल्यागशीप ईलाइफ एस एट घोषणा, नयाँ लोगो र स्लोगन पनि सार्वजनिक

Technology Khabar १२ फाल्गुन २०७२, बुधबार

जियोनिको नयाँ फ्ल्यागशीप ईलाइफ एस एट घोषणा, नयाँ लोगो र स्लोगन पनि सार्वजनिक

काठमाडौं ।

काठमाडौं, १२ फागुन । जियोनिले औपचारिक रुपमा आफ्नो नयाँ ब्राण्ड परिचय (Brand Logo) बार्सिलोनामा सोमबार आयोजित मोबाईल वल्र्ड कंग्रेसमा सार्वजनिक गरेको छ । आफ्नो ब्राण्डको नयाँ परिचयका लागि कम्पनीले आफ्नो नयाँ लोगो र नयाँ ट्यागलाइन “मेक स्माइल्स“ (Make Smiles) संचालनमा ल्याएको छ । साथै कम्पनीले आफ्नो नयाँ फ्ल्यागशीप स्मार्टफोन ईलाइफ एस एट (Elife S8) पनि सार्वजनिक गरेकोछ ।

एस एटमा झन्झटरहित भिडियो तथा फोटो शुटिंग सिस्टम, थ्री डी टच र विश्वकै पहिलो अदृश्य लुप एन्टेना भएको पूर्ण मेटालिक, लुप मेटल डिजाइन रहेको कम्पनीले दाबी गरेको छ ।

एस एटमा कोरिंग गोरिल्ला ग्लासद्धारा सुरक्षित ५.५ इन्चको एमोलेड (AMOLED) स्क्रिन छ । फोनमा अत्याधुनिक क्यामरा सिस्टम रहेको छ जसले अत्यन्त छिटो र मिल्दो फोकस गर्न सक्ने बताईएको छ । यो पहिलो स्मार्टफोन हो जसले आरडब्लुबी (RWB) प्रविधि, एफ १.८ अपेर्चर र सिक्स पी लेन्सको प्रयोग गरेको छ जसबाट मधुरो प्रकाशमा पनि उत्कृष्ट फोटो खिच्न सकिने कम्पनीको दाबी छ ।Gionee-Elife-S8

जियोनीको एस एटमा १६ मेगापिक्सेलको रियर क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । एचडी रेकर्डिङ्ग चीप र दुई वटा अत्यन्त संवेदनशील माइकले गर्दा उच्च गुणस्तरको ध्वनि सहितको थ्रीडी भिडियो खिच्न सकिनेछ ।

एस एट मा मिडियाटेकको हेलीयो पी१० सहितको १.९ गीगाहर्जको अक्टा कोर प्रोसेसर छ । फोनमा फिंगरप्रिन्ट स्क्यानर पनि छ । ४ जीबी र्याम रहेको फोनमा १६ जीबी इन्टरनल स्टोरेज छ जसलाई एसडी कार्डमार्फत २०० जीबी थप्न सकिने बताईएको छ । एस एट मार्फत जियोनिले एन्ड्रोइडमा थ्री डी टच ल्याएको छ ।

जियोनिले एस एटमा रोचक साइडबार पनि थपेको छ । एस एटमा एन्ड्रोइड ६.० मार्शमाल्लोमा आधारित अमिगो ३.२ ओएस राखिएको छ ।

यो फोनमा ३ऽ००० एमएएचको ब्याट्री राखिएको छ भने यो फोन मार्चको अन्तिमदेखि करिब ४५० यूरोमा उपलब्ध हुनसक्नेछ । तर नेपालमा यो फोन कहिले अाउँछ भन्ने जानकारी छैन् । नेपालमा यो फोन टेलिटक प्रालिले बिक्री बितरण गर्दछ ।

Global Bank
easy care

प्रकाशित: १२ फाल्गुन २०७२, बुधबार

ताजा समाचार