लेनोभो स्मार्टफोनको नयाँ मोडल आउँदै, स्मार्टफोन खरिदमा स्योर सट उपहार

Technology Khabar २९ माघ २०७२, शुक्रबार

लेनोभो स्मार्टफोनको नयाँ मोडल आउँदै, स्मार्टफोन खरिदमा स्योर सट उपहार

काठमाडौं ।

काठमाडौं, २९ माघ । नेपाल लेनोभो (Lenovo) ब्राण्डको नेपालका लागि आधिकारिक वितरक लाइफकम प्रा.लि. ले बजारमा लेनोभोका ४ वटा मोडलहरु ल्याउने तयारीमा रहेको छ । कम्पनीले छिटै नै नेपाली बजारमा लेनोभोको ए १०००, ए२०१०, ए६००० तथा ७००० टर्बो मोडलका स्मार्टफोनहरु बजारमा ल्याउन लागेको हो ।

कम्पनीका प्रबन्ध निर्देशक अमित अग्रवालले भने “लेनोभो स्मार्टफोनमा शक्तिशाली मल्टीकोर प्रोसेसर र अचम्मको डिस्प्ले छ । नयाँ रेन्जका स्मार्टफोनको लन्चसंगै हामी आशाबादी छौं कि हाम्रा ग्राहकहरु विल्कुलै निराश हुने छैनन् ।”

अहिले बजारमा लेनोभोका चार मोडलहरुका फोनहरु उपलब्ध छन् । जसमध्ये लेनोभो ए ३१९ मोडलको बजार मूल्य रु.७५००/–, लेनोभो ए ३२८ मोडलको रु.१०,०००/-, लेनोभो ए५३६ मोडलको रु.१२,२००/–, लेनोभो र ए५००० मोडलको रु.१५,२००/– रहेको छ ।

लेनोभो स्मार्टफोनले भ्यालेन्टाइन डेको अवसरमा स्मार्टफोनको खरिदमा स्योर सट रु ५०० देखी रु १००० सम्मको टक टाईम पाउने अवसर ल्याएको जनाएको छ ।

विश्वभरि स्मार्ट फोन कम्पनीको क्रमसूचिमा लेनोभो चौथो स्थानमा पर्दछ ।

Sajilo Visa

प्रकाशित: २९ माघ २०७२, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार