सिजीको इयोन एज नेपाली बजारमा आयो, बजेट स्मार्टफोन ११,९९९ रुपैंयामा

Technology Khabar २७ माघ २०७२, बुधबार

सिजीको इयोन एज नेपाली बजारमा आयो, बजेट स्मार्टफोन ११,९९९ रुपैंयामा

काठमाडौं, २७ माघ । सिजी मोबाइलले इयोन सिरिजको नयाँ स्मार्टफोन इयोन एज (EON Edge) बजारमा भित्र्याएको छ । सिजिको यो नयाँ स्मार्टफोन दैनिकरुपमा मनोरन्जन र मिडियामा रमाउन चाहनेका लागि उपयुक्त भएको कम्पनीको भनाई छ ।

सिजिको इयोन एजमा ५ इन्चको अन सेल एचडी आईपीएस (On Cell HD IPS) डिस्प्ले रहेको छ । त्यसैगरी यसमा १.३ गीगाहर्जको क्वाड-कोर प्रोसेसर राखिएको छ भने फोनमा २ जीबीको र्यामका साथ १६ जीबीको इन्टरनल स्टोरेज रहेको कम्पनीले उल्लेख गरेको छ । यसको स्टोरेज माइक्रो एसडी कार्डद्धारा ३२ जीबीसम्म पुर्याउन सकिनेछ ।

त्यसैगरी यसमा एलईडी फ्ल्याशसहितको १३ मेगापिक्सेलको अटो फोकस रियर क्यामरा राखिएको छ भने सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

सिजीद्धारा उपलब्ध गराईएको फोनको फोटोमा रियर क्यामरा तथा फ्ल्याश ब्याकसाइडको बिच भागमा रहेको छ । रियर क्यामराको ठिक तल सिजीको लोगो राखिएको छ । यो फोनको पावर बटन तथा भोल्यूम बटन दाहिने भागमा राखिएको देखिन्छ । त्यस्तै यसको फ्लीप कभरबाट पनि सर्कलमा फोन कल, म्यासेज, सेटिंग, म्यूजिक एप्स देखिन्छ ।

एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा आधारित यो फोनमा २,००० एमएएचको ब्याट्री रहेको छ ।

सिजीले भित्र्याएको नयाँ स्मार्टफोन इयोन एजको बजार मूल्य ११ हजार ९ सय ९९ रुपैंया रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सिजीले हालसम्म नेपाली बजारमा ८ वटा स्मार्टफोन सार्वजनिक गरिसकेको छ ।

TK Viber

प्रकाशित: २७ माघ २०७२, बुधबार

Loading...