Technology Khabar २६ माघ २०७२, मंगलवार
काठमाडौं ।
काठमाडौं, २६ माघ । सामसुंगको आउन लागेको नयाँ स्मार्टफोन ग्यालेक्सी एस सेभेनको (Galaxy S7) तस्विरहरु लीक भएको केहि समयमा नै अर्को फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस सेभेन एजको (Galaxy S7 Edge) फोटोहरु लीक भएको छ ।
यो तस्विरहरु हेर्दा सामसुंग ग्यालेक्सी एस सेभेन र एस सेभेन एजमा खासै अन्तर नभएपनि यसको केसमा भने फरक देखिएको छ । एस सेभेन एजको ह्याण्डसेटको अग्रभाग केहि घुमाउरो अर्थात कर्भी (Curvy) रहेको छ ।
यस्तो कर्भि ‘भ्यानिला एस सेभेन’ को पछाडिको भागमा मात्र रहेको थियो । यसको अर्थ हो ग्यालेक्सी एस सेभेन एज कर्ब्ड स्क्रीनसहित आउनेछ हुन अधिकांशले अनुमान गरेका थिए । यसको पहिलो तस्विर अन तू तू (An Tu Tu) बेन्चमार्कमा भेटिएको जीएसएम डोम डटकमले जनाएको छ ।
यो जानकारी र तस्विर सहि हो भने जसको मोडल नम्बर पनि सहि रहेको छ, बेन्चमार्कमा भेटिएको मोडल नम्बर एसएम-जी९३५ हो ।
यसअघिका जानकारीहरु अनुसार ग्यालेक्सी एस सेभेन एजमा ५.५ इन्चको क्यूएचडी एमोलेड (QHD AMOLED) टचस्क्रीन हुनेछ भने यसमा सामसुंगको आफ्नै साइनोज ८८९० चीपसेट वा क्वालकम स्न्यागड्यागन ८२० चीपसेट प्रयोग हुनेछ । फरक फरक बजारका लागि फरक फरक चीपसेटहरु उपयोग हुनेछन् ।
त्यस्तै यो फोनमा ४ जीबीको र्याम ३२ जीबी र ६४ जीबीको स्टोरेज हुनेछ भने क्यामरातर्फ १२ मेगापिक्सेलको रियर क्यामरा तथा ५ देखि ८ मेगापिक्सेलसम्मको फ्रन्ट फेसिंग क्यामरा हुनेछ ।
फोनमा ३६०० एमएएचको ब्याट्री पनि हुनेछ भने यो फोन एन्ड्रोयडको मार्शमाल्लो ६.० (Marshmallow 6.0) भर्सनमा आधारित रहनेछ । यसमा सामसुंगको टचवीज यूआई पनि हुनेछ ।
ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज वाटरप्रुफ स्मार्टफोन
अर्कोतर्फ ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज दुबै स्मार्टफोनहरु वाटर रेसिस्ट्यान्ट हुने तथ्यांक सार्वजनिक भएको छ ।
भारतीय डाटाबेस जौबाको लिस्टअनुसार ग्यालेक्सी एस सेभेनमा वाटरप्रुफ माइक र सिम ट्रे हुनेछ । तर यसको एचआरएम तथा अक्टा कम्पोनेन्टहरु कुन तहका हुनेछन भन्ने कुनै स्पष्टता छैन् ।
जौबाको लिस्टमा केबल वाटरप्रुफ भन्ने शब्द उल्लेख गरिएको छ । यो लिस्टमा हजारौं वाटरप्रुफका कम्पोनेन्टहरु उत्पादन भएको देखिएको छ ।
सामसुंगले वाटरप्रुफ भएको दोस्रो उच्चतहको डिभाइस ल्याउन लागेको हो । यसअघि आईपी ६७ प्रमाणिकरण भएको ग्यालेक्सी एस ५ ल्याईसकेको थियो । तर अहिलेको एस सिक्सको संस्करणमा भने त्यो उल्लेख थिएन् ।
अहिलेसम्म सोनीले मात्र वाटरप्रुफ स्मार्टफोन बनाउने ख्याती आर्जन गरेको थियो ।
प्रकाशित: २६ माघ २०७२, मंगलवार