Technology Khabar २१ माघ २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, २१ माघ । सामसुंगले ल्याउन लागेको फ्ल्यागशिप फोन सामसुंग ग्यालेक्सी एस सेभेन (Samsung Galaxy S7) तथा ग्यालेक्सी एस सेभेन एज (Galaxy S7 Edge) अमेरिकामा एफसीसीमा अनुमतिका लागि लिस्टेड भएको छ । अमेरिकाको फेडेरल कम्यूनिकेशन कमिशनमा (Federal Communication Commission FCC) विभिन्न जानकारीसहित अनुमतिका लागि लिस्टेड भएको भेटिएको छ ।
सामसुंगले यहि फेब्रुअरी २१ तारिखमा सार्वजनिक गर्ने भनिएको नयाँ स्मार्टफोन एस सेभेन तथा एस सेभेन एज मोबाइल वल्र्ड कंग्रेस २०१६ (MWC 2016) भन्दा केहि अगाडि आउने भएको छ ।
सामसुंग ग्यालेक्सी एस सेभेनको मोडल नम्बर एसएम जी ९३० ए (SM-G930A) तथा सामसुंग ग्यालेक्सी एस एजको मोडल नम्बर एसएम जी९३५ ए(SM-G935A) लिस्टेड भएका छन जसको पछाडि यूएस जोडिएको छ । यसको अर्थ एफसीसी निवेदनले दुबै फोनहरु यूएस भेरियन्ट भएको सुनिश्चित गरेको छ ।
एफसीसी डकुमेन्टमा दुबै स्मार्टफोनका कुनैपनि तस्विरहरु राखिएको छैन् तर दुबै फोनका विशेषताहरु भने सार्वजनिक भएका छन् । दुबै स्मार्टफोनहरुका थप चार मोडल नम्बरहरु लिस्टेड छन् ।
सामसुंग ग्यालेक्सी एस सेभेन एफडिडि एलटिई (FDD-LTE) २३००, १९००, १७००, ८५०, ८००, ७०० मेगाहर्ज तथा टिडी एलटिई (TD-LTE) २५०० मेगाहर्ज र डब्लू सिडिएमए १९००, १७००, ८५० मेगाहर्ज र सिडिएमए २०००, १९००, ८०० मेगाहर्ज लिस्टेड भएका छन्, जुन जीएसएम १९००, ८५० मेगाहर्ज नेटवर्क सपोर्ट गर्दछ ।
त्यसैगरी यो ब्लूटूथ तथा वाईफाई ८०२.११ ए। बि। जी। एन। एसी तथा एनएफसीका (Blutooth and WiFi 802.11 a/b/g/n/ac/NFC) प्रमाणित भएको छ । यसका विभिन्न मोडलहरु फरक फरक यूएस क्यारिएसका लागि लिस्टेड भएका छन् ।
सामसुंग ग्यालेक्सी एस सेभेन एजपनि विभिन्न मेगाहर्जमा आएको छ भने विभिन्न मेगाहर्ज नेटवर्क सपोर्ट गर्दछ । एस सेभेन एज पनि ब्लूटूथ तथा वाईफाईका लागि प्रमाणित भएको छ ।
एस सेभेन तथा एस सेभेन एज ५.२ इन्च अथवा ५.७ इन्चको स्क्रीनमा आउने छ भने यो फोनमा साइनोज ८८९० वा स्न्यापड्रयागन ८२० चीपसेट हुनेछ । यी फोनहरु ४ जीबी र्याम तथा ३२ जीबी र ६४ जीबीको आन्तरिक स्टोरेजमा आउने छन भने एन्ड्रोयड मार्शमाल्लो ६.० अपरेटिंग सिस्टममा संचालन हुनेछन् ।
सामसुंग डेभलपर वेबसाइटले यसअघि नै ग्यालेक्सी एस सेभेन एज नाम सुनिश्चित गरेको थियो । यसअघि नै सामसुंगले फेब्रुअरी २१ तारिखको इभेन्टको निम्तो पठाईसकेको छ, जहाँ दुबै फ्ल्यागशिप फोनहरु घोषणा हुनेछन् । एजेन्सीको सहयोगमा
प्रकाशित: २१ माघ २०७२, बिहीबार