Technology Khabar २१ माघ २०७२, बिहीबार
काठमाडौं, २१ माघ । एप्पलले यहि मार्च १५ गते ४ इन्चको नयाँ आईफोनका साथमा विभिन्न अन्य उत्पादनहरु पनि सार्वजनिक गर्ने तयारी गरेको हालै नाइन टू फाइभ म्याकले जानकारी दिएको छ । कम्पनीले ४ इन्चको आईफोन ५ एसईका साथमा नयाँ आईप्याड एयर थ्री (iPad Air 3) तथा आईवाचको नयाँ भर्सन पनि सार्वजनिक गर्ने बताईएको छ ।
मार्चको इभेन्टमा सार्वजनिक हुने एप्पलको आईप्याड यसअघिको आईप्याड एयर टूको (iPad Air 2) भन्दा निकै फरक र सुधारीएको हुने रिपोर्टहरु सार्वजनिक भएका छन् ।
हालै आईप्याड एयर ३ को एक कभर लीक भएको थियो भने अहिले एयर थ्रीको इन्जिनियरींग ड्रोईंग सार्वजनिक भएको छ । इनग्याजेटद्धारा(Engadgate) सार्वजनिक गरिएको यो तस्वीरमा आउन लागेको आईप्याडको स्केच बनाईएको छ ।
एप्पलले ल्याउने नयाँ आईप्याड एयर थ्रीमा पहिलो पटक १२.७ इन्चको स्क्रीन राखिएको छ । यो ट्याबलेटको माध्यमबाट कम्पनीले सन् २०१४मा ल्याएको एयर टू ट्याबलेटपछि पहिलो पटक ट्याबलेट बजारमा ल्याउन लागेको हो ।
एप्पलको एयर थ्रीमा आईप्याड प्रोको फीचरहरु समावेश हुने अपेक्षा गरिएको छ, जसमा सूधारीएको स्पीकरहरु अर्थात क्वार्ड स्पीकर सेटअप तथा स्मार्ट कनेक्टर रहेको छ । स्मार्ट कनेक्टर हुनुको अर्थ सानो साइजको स्मार्ट किबोर्ड पनि आउन लागेको भनेर बुझ्न सकिन्छ ।
यसअघिको नयाँ आईप्याड मोडलको केस निर्माता स्रोतबाट आएका स्पष्ट खाकाहरुले नयाँ ट्याबलेटमा रियर एलईडी फ्ल्याश पनि हुने संकेत गरेका छन् । रियर एलईडी फ्ल्याश एशिडस पहिलो पटक कुनै आईप्याड मोडलमा प्रयोग गर्न लागिएको हो ।
नयाँ आईप्याडमा यसअघि आएका समाचारअनुसार ए९ एक्स (A9X) प्रोसेसर राखिने छ भने यो ट्याबमा ४ जीबी र्याम तथा ८ मेगापिक्सेलको रियर क्यामरा हुनेछ । यसमा ३.५ मिलिमिटरको अडियो ज्याक हुनसक्नेछ ।
त्यसैगरी कम्पनीले सेप्टेम्बरमा सार्वजनिक गरेको एप्पल वाचको (Apple Watch) अपडेट भर्सन पनि ल्याउन लागेको छ । स्प्रिंगको एप्पल वाच रिफ्रेस विशेषगरी नयाँ ब्याडहरु, सफ्टवेयरमा केन्द्रित रहने स्रोतले उल्लेख गरेको छ ।
यसको नयाँ ब्याण्ड लाइनमा रबराईज्ड स्पोर्ट ब्याडका लागि मल्टिपल न्यू कलर्स, न्यू हर्मस् ब्याडहरु, मिलानिज लूपको स्पेश ब्ल्याक भर्सन र नयाँ ब्याण्ड लाइन सम्पूर्णरुपमा नयाँ सामाग्रीहरुबाट बनाईनेछन् ।
आपूर्ति श्रृंखला स्रोतहरुका अनुसार एप्पलले उच्चकोटिको नाटो स्टायलको नाइलन ब्याण्डहरुको विभिन्न परिक्षण गरिरहेको छ । तर पनि कम्पनीले नयाँ लाइनको वाच यहि मार्चमा नै सार्वजनिक गर्दछ भन्ने कुनै ठोस आधार भने छैन् ।
प्रकाशित: २१ माघ २०७२, बिहीबार