सिजि मोटोकोर्पको २९ औँ सेल्स शोरुम वालिङ्ग भकुण्डेमा

Technology Khabar २१ माघ २०७२, बिहीबार

सिजि मोटोकोर्पको २९ औँ सेल्स शोरुम वालिङ्ग भकुण्डेमा

काठमाडौं, २१ माघ । गण्डकी र धौलागीरी अञ्चलको लागी सुजुकी गाडीहरुको आधिकारिक विक्रेता सिजि मोटोकोर्पले स्याङ्गजा जिल्लाका ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी विभिन्न मोडेलका सुजुकी कारहरुको सेल्स शोरुम वालिङ्ग नगरपालिकाको भकुण्डे बजारमा सञ्चालनमा ल्याएको छ । यो शोरुम सुजुकीको २९ औँ शोरुम हो ।

उक्त सोरुमको बतास अर्गनाइजेसनका अध्यक्ष आनन्द राज बतास र वालिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष शोभा कान्त पौडेलले उदघाटन गरेको कम्पनीले जनाएको छ ।

उक्त अवसरमा सुजुकी ब्राण्डका कुनै पनि गाडी बुक गर्ने ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरिएको बतास अटोमोवाईल्स प्रा.लि.का बिक्रि प्रवन्धक गणेश ढकालले जानकारी दिए ।

प्रकाशित: २१ माघ २०७२, बिहीबार

Comments are closed.

Loading...