माइक्रोम्याक्स क्यानभास पल्स बजारमा, फोरजी सपोर्ट गर्ने फोनमा ३ जीबीको र्याम

Technology Khabar २० माघ २०७२, बुधबार

माइक्रोम्याक्स क्यानभास पल्स बजारमा, फोरजी सपोर्ट गर्ने फोनमा ३ जीबीको र्याम
NTC_Advt

काठमाडौं, २० माघ । माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ फोरजी सपोर्ट गर्ने स्मार्टफोन क्यानभास पल्स फोरजी ई ४५१ (Canvas Pulse 4G E451) भित्र्याएको छ ।

माइक्रोम्याक्स क्यानभास फोरजी फोनमा ५ इन्चको एचडी आइपीएस डिस्प्ले रहेको छ । यो फोनमा १.३ गीगाहर्जको अक्टा-कोर प्रोसेसर रहेको छ भने ३ जीबी र्याम तथा १६ जीबीको इन्टरनल स्टोरेज राखिएको छ । यसमा माइक्रो एसडी कार्डद्धारा ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।

माइक्रोम्याक्सको नयाँ स्मार्टफोनमा एलईडी फ्ल्याशका साथमा १३ मेगापिक्सेल रियर क्यामरा राखिएको छ भने सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । Micromax-Canvas-Pulse-4G-E451

माइक्रोम्याक्सको नयाँ स्मार्टफोन एन्ड्रोयडको ललीपप ५.१ भर्सनको अपरेटिंग सिस्टममा आधारित रहेको छ ।

माइक्रोम्याक्स क्यानभास पल्स फोरजीमा २१०० एमएएचको शक्तिशाली ब्याट्री राखिएको छ भने फोनमा एक्सेलेरोमिटर, एम्बिएन्ट लाइट सेन्सर, म्याक्नेटोमिटर र प्रोक्सिमिटी सेन्सर लगायतका फीचर छन् ।

यो स्मार्टफोनमा कनेक्टिभिटीका लागि थ्रीजी, जीपीआरएस, वाईफाई, माइक्रो यूएसबी, जीपीएस र ब्लूटूथ राखिएको छ । फोनमा अम्याजन किन्डल, अम्याजन शप, क्लिन मास्टर, क्विकर, स्न्यापडील, स्क्यान्डिड तथा स्विफ्टकी एपहरु प्रि इन्स्टल गरिएको कम्पनीले उल्लेख गरेको छ ।

माइक्रोम्याक्स क्यानभास पल्स फोरजी स्मार्टफोनको मूल्य स्थानिय बजारमा १८ हजार ३ सय ७० रुपैंया तोकिएको कम्पनीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २० माघ २०७२, बुधबार