एप्पलको नयाँ आईफोन यहि मार्चमा, ४ इन्चको आईफोन ५ एसईको मूल्य ४५० अमेरिकी डलर

Technology Khabar २० माघ २०७२, बुधबार

एप्पलको नयाँ आईफोन यहि मार्चमा, ४ इन्चको आईफोन ५ एसईको मूल्य ४५० अमेरिकी डलर
तस्विरः गूगलबाट

काठमाडौं ।

काठमाडौं, २० माघ । एप्पलले यहि मार्च १५ तारिखमा ४ इन्चको नयाँ एप्पल फोन सार्वजनिक गर्ने चर्चा भईरहेको बेला कम्पनीले अन्य उत्पादनहरु पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।  कम्पनीले नयाँ आईफोन फाइभ एसई (iPhone 5se) सहित आईप्याड एयर थ्री तथा नयाँ एप्पल वाच सार्वजनिक गर्ने तयारी गरेको हो ।

कम्पनीले आईफोनमा ठूला साइजका स्क्रीनको प्रयोग गरेर ल्याएको आईफोन सिक्सका संस्करणपछि पहिलो पटक पुन ४ इन्चको आईफोन सार्वजनिक गर्न लागेको हो भने यसका साथै आईप्याड एयर थ्री (iPad Air 3) र नयाँ संस्करणको एप्पल वाच (Apple Watch) पनि आउने स्रोतलाई उधृत गर्दै नाईन टू फाइभ म्याकले उल्लेख गरेको छ ।

यहि मार्च १५ तारिखमा हुने कार्यक्रम एप्पलको गत सेप्टेम्बरको मिडिया इभेन्ट पछिको पहिलो कार्यक्रम हुनेछ, जसमा तीनवटा उत्पादनहरु आउने छन् ।

तस्विरः गूगलबाट
तस्विरः गूगलबाट

यसअघि नै एप्पलले आईफोन फाइभ एस (iPhone 5s) लाई प्रतिस्थापन गर्न सानो ४ इन्चको स्क्रीनसहितको आईफोन फाइभ एसई ल्याउन लागेको हो, जसमा कम्पनीको ए ९ (A9) चीपसेट प्रयोग गरिएकोछ । यो चीपसेटले नयाँ फोनमा सुधारीएको क्यामराहरु, लाइभ फोटोहरु खिच्नसक्ने क्षमता, तथा एप्पल पे सपोर्ट गर्दछ ।

नयाँ आईफोनको आन्तरिक सामाग्रीहरुलाई पूर्ण परिवर्तन गरिएपनि बाहिरी भागहरु भने करिब आईफोन फाइभ एसकै जस्तो हुनेछ । तर यसको बाहिरी भाग लेस साइनी अर्थात कम चमकदार रहने छ भने केहि घुमाउरो एज हुनसक्ने नाइन टू फाइभ म्याकले स्पष्ट पारेको छ ।

एप्पलको चार इन्चको फाइभ एसईको मूल्य १६ जीबीका लागि न्यूनतम ४५० अमेरिकी डलरदेखि  शुरु हुने स्रोतले उल्लेख गरेको छ । त्यसैगरी ६४ जीबीको मोडल पनि बजारमा आउनेछ ।

Global Bank
easy care

प्रकाशित: २० माघ २०७२, बुधबार

ताजा समाचार