विश्वको सबैभन्दा मूल्यवान कम्पनी अल्फाबेट, एप्पललाई जित्ने कम्पनीको मूल्य ५ सय ५८ बिलियन डलर

Technology Khabar १९ माघ २०७२, मंगलवार

विश्वको सबैभन्दा मूल्यवान कम्पनी अल्फाबेट, एप्पललाई जित्ने कम्पनीको मूल्य ५ सय ५८ बिलियन डलर
Classic Tech

काठमाडौं, १९ माघ । विश्वको सबैभन्दा मूल्यवान कम्पनी कुन हो ? भन्ने प्रश्नमा अधिकांशको उत्तर एप्पल (Apple) भनेर आउँछ ।

हरेक जसोलाई आईफोन निर्माता कम्पनी एप्पल विश्वको सबैभन्दा मूल्यवान कम्पनी हो भनेर जानकारी छ । तर अब विश्वको सबैभन्दा मूल्यवान कम्पनी कुन हो ? भनेर प्रश्न गर्दा त्यसको उत्तर फरक आउने छ । हो अब विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा गूगलको माउ कम्पनी अल्फाबेट (Alphabet) आएको छ ।

गूगलको मूल कम्पनीको रुपमा केहि समय अघि मात्र स्थापना भएको अल्फाबेटले फेब्रुअरी १ तारिखमा सन् २०१५ को आम्दानी तथा सोहि वर्षको चौथो चौमासिकको आम्दानी सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको आम्दानीअनुसार सन् २०१५ भरी अल्फाबेटले २१.३ बिलियन अमेरिकी डलर आम्दानी गरेको छ जुन अघिल्लो वर्षको भन्दा १८ प्रतिशत बढि हो ।

त्यसैगरी कम्पनीले सन् २०१५ को चौथो चौमासिकमा ३.९७ बिलियन अमेरिकी डलर खूद आम्दानी गरेको छ । कम्पनीको अर्निंग पर शेयर अर्थात प्रति शेयर आम्दानी ८.६७ अमेरिकी डलर रहेको छ ।

अल्फाबेटको ए वर्गको शेयर तथा सी वर्गको शेयरको मूल्य उच्चरुपमा बढेको थियो, जसले अल्फाबेटलाई विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनाएको छ । अल्फाबेटको दुुबै किसिमका शेयरको मूल्य ७५० अमेरिकी डलरदेखि ७ सय ८० अमेरिकी डलरसम्म पुगेको थियो । यहि शेयर मूल्यले एप्पलको स्थानलाई घटाउँदै अल्फाबेटलाई विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनाएको हो ।

अल्फाबेटको कुल बजार मूल्य अब ८ प्रतिशतले बढेर ५ सय ५८ बिलियन अमेरिकी डलर रहेको छ तर एप्पलको भने स्थिर हुँदै ५ सय ३५ बिलियन अमेरिकी डलर बजार मूल्य रहेको छ ।

अल्फाबेटको वार्षिक आम्दानीमा वृद्धि हुँदै गएको छ । यसको आम्दानी अघिल्लो वर्षको १२ प्रतिशतको तुलनामा २४ प्रतिशतले वृद्धि भएको छ ।  https://www.youtube.com/watch?v=rgDBpPy1xi4&feature=youtu.be

अल्फाबेटको सहायक कम्पनीको रुपमा रहेको गूगलको आम्दानी नै यसको मूख्य आम्दानी हो । गूगलको आम्दानीको प्रमुख स्रोत यसको विज्ञापन रहेको छ, यसको विज्ञापनमा एड क्लिकको संख्यामा वृद्धि हुँदै ३१ प्रतिशत पुगेको छ । यसको विज्ञापनको प्रति विज्ञापन क्लिक लागत घटेर १३ प्रतिशतले कमी आएको छ ।OGB-INSIDER-BLOGS-GoogleLogox2-Animated

गूगलको सेल्स कलको समयमा कम्पनीले यसका १ बिलियनभन्दा बढि मासिक जिमेल प्रयोगकर्ताहरु रहेका छन् । यसअघि यस्ता सक्रिय प्रयोगकर्ताहरु फेसबुक र ह्वाट्सएपको मात्र रहेका थिए ।

जे होस गूगल र अल्फाबेटको लागि फेब्रुअरी १ तारिख निकै महत्वपूर्ण दिन भएको छ, जुन दिन विश्वको मूल्यवान कम्पनीको ताज एप्पलबाट खोरिएर अल्फाबेटको शिरमा आएको छ ।

अल्फाबेट मूख्यरुपमा सफ्टवेयर कम्पनी हो, जुन केहि मात्रामा हार्डवेयरको क्षेत्रमा पनि काम गर्दछ । उता एप्पल भने हार्डवेयरमा आधारित मूख्य कम्पनी हो, जुन केहि मात्रामा सफ्टवेयरको क्षेत्रमा काम गर्दछ ।

अल्फाबेट जस्तो सफ्टवेयरमा आधारित कम्पनीको नाफामा उच्चवृद्धि हुनु तर एप्पल जस्तो हार्डवेयरमा आधारित कम्पनीको नाफा स्थिर वा सामान्य हुनुले आगामी दिनहरुमा हार्डवेयर व्यवसायको कठिन दिनहरु आएको त होईन भन्ने आशंका उब्जिएको छ । एजेन्सीको सहयोगमा

प्रकाशित: १९ माघ २०७२, मंगलवार

Comments are closed.

Loading...