१३ सय रुपैंयामा नै अरुण ब्राण्डका पावर व्यांक उपलब्ध

Technology Khabar १७ माघ २०७२, आईतवार

१३ सय रुपैंयामा नै अरुण ब्राण्डका पावर व्यांक उपलब्ध

काठमाडौं ।

काठमाडौं, १७ माघ । ललितपुरको लगनखेलस्थित ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले आयोजना गरिरहेको बिग सेलमा मोबाइल एसेसरिजको मूल्यमा ५० प्रतिशतसम्म कटौती गरेको छ ।

कम्प्लेक्सले बिग सेलको अवसरमा विभिन्न किसिमका पावर ब्यांक, मोबाइल ग्याजेट्स, एसेसरिजमा ५० प्रतिशतसम्मको छुट दिईएको जनाएको छ । कम्प्लेक्समा अन्तराष्ट्रिय कम्पनी अरुणको (ARUN) प्रिमियम पावर ब्यांकहरु १३ सय रुपैंयामा नै ग्राहकहरुलाई भारी छुटका साथ बिक्री गरिने कम्प्लेक्सले उल्लेख गरेको छ ।

हामीले विश्व प्रसिद्ध ब्राण्ड अरुणका पावर व्यांकहरु निकै सस्तो मूल्यमा ग्राहकहरुलाई बिक्री गरिरहेका छौं ।,’ कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले भने, ‘लोडसेडिंगको समस्यालाई मध्यनजर गरेर मोबाइल छिटो चार्ज गर्नसक्ने अरुणका पावर ब्यांकहरु ल्याएका हौं। ।12500 mah

अरुण ब्राण्डका पावर ब्यांकहरु न्यूनतम २,५०० एमएएचदेखि १२,५०० एमएएच क्षमताका पावर ब्यांकहरु कम्प्लेक्समा उपलब्ध रहेका छन् । अरुण ब्राण्डका पावरब्यांक २,५०० एमएएच, ५,००० एमएएच, ७,००० एमएएच, १०,००० एमएएच र १२,५०० एमएएच क्षमताका उपलब्ध रहेको कम्प्लेक्सले जनाएको छ ।

यी पावर ब्यांकहरु न्यूनतम १३ सय रुपैंयादेखि अधिकतम २७ सय रुपैंयासम्मको रहेका छन् ।

के के मा छुट छ ?

बिग सेलको अवसर पारेर कम्प्लेक्समा उच्चस्तरीय एयरफोनहरु न्यूनतम रु ३ सयदेखि उपलब्ध रहेका छन भने मोबाइलको डिस्प्ले सुरक्षाका लागि आवश्यक उच्चस्तरका टेम्पर ग्लासहरु न्यूनतम १ सय ५० रुपैंयामा उपलब्ध रहेको छ ।

त्यसैगरी विभिन्न मोडलका स्मार्टफोनहरुका लागि आवश्यक फ्लिप कभरहरु न्यूनतम २०० रुपैंयादेखि  खरिद गर्न सकिन्छ ।
मल तथा कम्प्लेक्सले आयोजना गरिरहेको बिग सेल माघ २६ गतेसम्म संचालन हुनेछ । उक्त अवधिभर कुनैपनि सामाग्री खरिदमा ५० प्रतिशतसम्मको विशेष छुट उपलब्ध गराईएको छ ।

बिग सेलको अवधिभर विभिन्न ब्राण्डका स्मार्टफोन, फोन एसेसरिज, ग्याजेट्सलगायत मलमा रहेका लत्ता, कपडा तथा विभिन्न कस्मेटिक्स, जुत्ता, ब्राण्डेड फेसन वेयरमा विशेष छुट उपलब्ध गराईने बताईएको छ ।

easy care

प्रकाशित: १७ माघ २०७२, आईतवार