आईफोन सेभेन प्लसमा ड्यूल रियर क्यामरा, प्रिमियम सेटहरुमा विशेष प्रविधि प्रयोग

Technology Khabar १४ माघ २०७२, बिहीबार

आईफोन सेभेन प्लसमा ड्यूल रियर क्यामरा, प्रिमियम सेटहरुमा विशेष प्रविधि प्रयोग

काठमाडौं ।

काठमाडौं, १४ माघ । एप्पलको आगामी नयाँ स्मार्टफोनमा दुई वटा रियर क्यामरा हुनसक्ने संभावना रहेको छ । एप्पलले ल्याउन लागेको आईफोन सेभेन प्लसमा (iPhone 7 Plus) संभवत अप्टिकल इमेज स्ट्याबलाइजेशन र जूमसहितको दुई वटा क्यामरा कन्फिगरेशन हुने एप्पलको बारेमा जानकारी सार्वजनिक गर्ने केजिआईका (KGI) विश्लेषक मिंग ची कुओले खुलासा गरेका छन् ।

यहि वुधवार लगानीकर्ताहरुलाई जारी गरिएको नोटअनुसार एप्पलले आईफोन सिक्सको जस्तै ठूलो साइजको डिस्प्लेसहितको आईफोनका नयाँ दुईवटा मोडलहरु सन् २०१६ मा सार्वजनिक गर्नेछ ।

एप्पलले ल्याउन लागेको ४.७ इन्चको आईफोनमा भने सामान्य किसिमको आईसाइट (iSight) रियर र फ्रन्ट फेसिंग क्यामरा हुने विश्लेषण गरिएको छ भने एप्पलले ५.५ इन्चको आईफोन सेभेन प्लस संस्करणमा भने सिंगल इमेजर तथा ड्यूल क्यामरा डिजाइन हुने एप्पल इन्साइडरले उल्लेख गरेको छ ।

यसअघि पनि कम्पनीले ४.७ इन्च तथा ५.५ इन्चको आईफोन सार्वजनिक गरिरहेको छ ।

यसअघि पनि सन् २०१४ मा यस्तै किसिमको कदम चालेको अनुमान गरिएको थियो । तर त्यस्तो किसिमको ह्याण्डसेट कहिले पनि बजारमा आएन् ।
एप्पलले आईफोन सिक्स एसमा पनि उत्साहजनक प्रविधिको प्रयोग गरेको थियो भने कम्प्याक्ट क्यामरामा रहेका विभिन्न अवरोधहरु पनि हटाएको थियो ।MobilesKhabar_02

विगत केहि महिनाहरुमा भने कम्पनीले लिन्क्स कम्पनीबाट विभिन्न प्रविधिहरु लिईरहेको छ । लिन्क्स (LinX) एक इजरायली कम्पनी हो जोसँग उच्च स्तरका हाई डेफिनिशन इमेजका लागि साना-साना मल्टि लेन्स उत्पादन गर्न विशेषज्ञता रहेको छ ।

एप्पलले ल्याउने ड्यूल क्यामरा सेटअपमा दुईवटा १२ मेगापिक्सेलका सेन्सर क्यामराहरु हुनेछन् । यसमध्येको एकमा अप्टिकल इमेज स्ट्याबलाइजेशन (OIS) र वाइडर भ्यू (Wider View) हुनेछ भने अर्कोमा २-३ एक्स टेलिफोटो लेन्स हुनेछ ।

यसअघि आईफोन सिक्समा अप्टिकल इमेज स्ट्याबलाइजेशन प्रयोग भईसके पनि अप्टिकल जूम भने कम्पनीका लागि नयाँ क्षेत्र हो ।

विश्लेषक कुओकाअनुसार एप्पलले सबै प्रकारका आईफोन सेभेन प्लसमा भने दुईवटा रियर क्यामरा प्रयोग गर्ने छैन् । दुईवटा रियर क्यामरासहितका फोनहरु केहि विशेष आईफोन सेभेन प्लसमा मात्र हुनेछ, जुन प्रिमियम भर्सनमा मात्रै आउनेछन् ।

एप्पलले सन् २०१६मा निर्यात गर्ने आईफोन सेभेन प्लस यूनिट मध्ये २५ प्रतिशतदेखि ३५ प्रतिशत यूनिटहरुमा मात्र ड्यूल रियर क्यामरा फीचर हुनेछ ।

Global Bank
easy care

प्रकाशित: १४ माघ २०७२, बिहीबार

ताजा समाचार