मोबाइल मेलामा आज विभिन्न मोडलहरुमा ८ देखि ३० प्रतिशतसम्मको छुट

Technology Khabar १४ माघ २०७२, बिहीबार

मोबाइल मेलामा आज विभिन्न मोडलहरुमा ८ देखि ३० प्रतिशतसम्मको छुट

ललितपुर, १४ माघ । ललितपुरको लगनखेलस्थित ललितपुर मोबाइल कम्प्लेक्सले आयोजना गरिरहेको मोबाईल मेला २०१६मा आज विशेष छुटसहित विभिन्न ब्राण्डका स्मार्टफोनहरु बिक्री गर्ने भएको छ ।

सातौं दिन मेलामा उत्कृष्ट फोनहरुमा ८ देखि ३० प्रतिशतसम्मको छुट दिईने कम्प्लेक्सले जनाएको छ ।mobile-mela-small-logo

मेलामा सामसुंग, हुवावे, माइक्रोसफ्ट, लाभा, डिटिसी ब्राण्डले ग्राहकहरुको अत्यधिक मागका कारण रुचाईएका मोडलका फोनहरुमा छुट दिएको छ । कम्पनीले सामसुंगको ग्यालेक्सी जे सेभेन, हुवावे वाई सिक्स, लाभाको एक्स एट क्यूमा विशेष छुट दिने भएको छ ।

कम्प्लेक्सले मोबाइल मेलामा केहि मोडलहरुको माग अघिक भएको र ग्राहकहरुले रुचाएको हुँदा थप छुट दिएको अध्यक्ष पुरुषोत्तम बस्नेतले जनाए ।

त्यसैगरी कम्प्लेक्सले माइक्रोम्याक्सको लूमिया ५३४ स्मार्टफोनमा ३० प्रतिशतको छुट दिएको छ । कम्प्लेक्सकाअनुसार यो फोनको मूल्य करिब ११ हजार रुपैंया भएको र हाल करिब ८ हजार रुपैंयामा बिक्री गरिने जानकारी दिएको छ ।

कम्प्लेक्सले डिटिसी ब्राण्डको डिटिसीको गियर फोनमा पनि विशेष छुट दिएको छ । पावर ब्यांकको रुपमा पनि प्रयोग गर्न सकिने यो फोन मेला अवधिभर २५ प्रतिशत छुटमा उपलब्ध गराईएको जनाएको छ ।

मेलाको अवधिभर कुनैपनि मोबाइल खरिदमा ४० प्रतिशतसम्मको नगद छुट ग्राहकले प्राप्त गर्नेछन भने एसेसरिजमा ५५ प्रतिशतसम्मको छुट दिईएको छ । त्यसैगरी कुनैपनि मोबाइल तथा ग्याजेटस् सर्भिस गरेबापत सर्भिसमा २५ प्रतिशतसम्मको छुट उपलब्ध गराईएको छ ।

मोबाइल मेलामा सामसुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, केनजिण्डालगायत ब्राण्डका फोनहरु उपलब्ध गराईने बताईएको छ ।

TK Viber

प्रकाशित: १४ माघ २०७२, बिहीबार

Loading...