Technology Khabar ७ माघ २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, ७ माघ । सामसुंगको नयाँ फ्ल्यागशिप फोन ग्यालेक्सी एस सेभेनको (Galaxy S7) घोषणा हुन केहि महिना मात्र बाँकी हुँदा यसको बारेमा विभिन्न जानकारीहरु लीक भएका छन् ।
यसअघि यो स्मार्टफोनको स्क्रीन साइज तथा कस्तो आकारमा आउला भन्ने निकै कौतुहल रहेको थियो भने केहि पनि जानकारीहरु आउन सकेका थिएनन् । तर अब भने सामसुंग ग्यालेक्सी एस सेभेनको विभिन्न जानकारीहरु स्पष्टरुपमा बाहिर आएका छन् ।
अन तू तू (An Tu Tu) बेन्चमार्कमा लीक भएको जानकारी सामसुंगको नयाँ फ्ल्यागशिपको एसएम-९३०एफ (SM-930F) मोडलको हो । यो मोडलको स्मार्टफोन ग्यालेक्सी एस सेभेन हो जसमा ५.१ इन्चको भ्यानिला भर्सनको क्यूएचडी डिस्प्ले राखिएको छ ।
यसअघि नै सामसुंगले सन् २०१६ मा आउने फ्ल्यागशिप फोनको लागि क्यूएचडी(QHD) स्क्रीनलाई आधारको रुपमा राखेको थियो ।
अझ सबैभन्दा रोचक कुरा भनेको यसको चीपसेट हो । यो स्मार्टफोनमा सामसुंगले आफ्नै कम्पनीको चीपसेट प्रयोग गरेको साम मोबाइल डटकमले उल्लेख गरेको छ । अर्थात साइनोस ८८९० (Exynos 8890) चीपसेट प्रयोग गरेको छ, जसमा अन्तराष्ट्रिय स्तरको एफ भर्सनको चीपसेट राखिएको जानकारीमा उल्लेख छ ।
कम्पनीले आफैंले उत्पादन गरेको चीपसेटका साथै स्न्यापड्यागन ८२० (Snapdragon 820) भर्सनको चीपसेट सहितको एस सेभेन पनि अर्कोतर्फ ल्याउँदैछ ।
अन तू तू बेन्चमार्कको वेबो पोस्टमा राखिएको रिपोर्टअनुसार यो फोनमा ४ जीबीको र्याम राखिएको छ भने ६४ जीबीको इन्टरनल स्टोरेज रहेको छ । रिपोर्टअनुसार यो स्मार्टफोनमा ६४ जीबीको स्टोरेज आधारभूत मोडलका लागि हो भने यो भन्दा बढि स्टोरेजसहितको स्मार्टफोन पनि आउनेछ ।
तर बेन्चमार्कमा यो फोनको क्यामरा १२ मेगापिक्सेलको भनिएको छ, जुन कम्पनीले यसअघि भनिएको बराबर नै हो । तर यसको फ्रन्ट क्यामरा भने ५ मेगापिक्सेलको नै रहेको बताईएको छ ।
यो स्मार्टफोनको बारेमा लगभग सबै जानकारी भएपनि यसले कति स्कोर प्राप्त गर्यो भन्ने जानकारी दिईएको छैन् ।
जे भएता पनि यो स्मार्टफोन प्रि प्रोडक्सन टेस्टिंग फेजमा रहेको छ, त्यसैले यसको स्कोरले अन्तिम डिभाइसको बारेमा केहि महत्व राख्दैन् ।
प्रकाशित: ७ माघ २०७२, बिहीबार